आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत

धरान । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाशशरण महतले सरकारले संबैधानिक निकायलाई सरकारको छायाको रुपमा प्रयोग गर्न लागेको आरोप लगाएका छन्।

धरान उपमहानगरपालिकाले बुधवार धरानमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले सरकार जनता प्रती असन्तुष्ट भएपनी त्यसलाई बाहिर ल्याउन जनता डराइरहेको भन्दै जनतालाई नडराईकन आफ्ना असन्तुष्टि बाहिर ल्याउन अपिल गरे।

केपि ओलि नेतृत्व सरकारको २ बर्षे कार्यकालको मुल्यांकन गर्दै कांग्रेस सहमहामन्त्री डाक्टर महतले सरकारको दुई बर्षले सरकार कुरा गर्न सफल र काम गर्न असफल भनेर प्रमाणित गरेको जिकिर गरे।

उनले कांग्रेसमा ब्यक्तिलाई केन्द्रमा राखेर राजनीति गर्ने परिपाटी अन्त्य भए कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत ल्याउन कुनै समस्या नहुने दाबी गरे। ब्यक्तिवादी प्रवृत्ति अन्त्य भयो भने हामी कसरी चुनावमा सफल हुन्छौ भन्ने कुराको शिक्षा धरान उपमहानगरपालिकाको चुनावी परिणामबाट लिनुपर्ने पनि महतले बताए।

The post आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसलाई कुनै समस्या छैन : महत appeared first on Rajdhani Daily News.

कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै

Previous articleचीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरस छैन : स्वास्थ्य मन्त्रालय
Next articleप्रथम कर्णाली जैविक कृषि सम्मेलन सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।