कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै

काठमाडौं । कोरोना भाइरसको संक्रमणको जोखिममा नेपाल पनि रहेको भन्दै सरकारलाई ध्यानाकर्षण गराउन नेपाली कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्ने भएको छ । सांसद गगन थापाका अनुसार सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराइ सरकारलाई संवेदनशिल हुन आग्रह गरिनेछ ।

यस्तै, संसदको शिक्षा तथा स्वास्थ्य समितीलेपनि कोरोना भाइरस संक्रमण र भइरहेको तयारीकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसंग छलफल गर्ने भएको छ ।

समितीले सार्वजनिक चासोको विषय भएको भन्दै सरकारले गरेको तयारीका बारेमा बुझ्न छलफल डाकिएको समिती सभापति जयपुरी घर्तीले बताइन् । उनले भनिन्, ‘भोली बिहीबार या पर्सि शुक्रबार छलफल गर्छौं । र, यसबारेमा जानकारी लिन्छौं ।’

The post कोरोना संक्रमण : कांग्रेसले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्दै appeared first on Rajdhani Daily News.

लोभी पापीको भाँडो कहिले भरिन्छ? कमाउने लोभमा नक्कली सेनिटाइजर; प्रहरीले हान्यो छापा

Previous articleनेता जिसीद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग
Next articleरश्मि देसाईको अनुभव : १६ वर्षमा नशालु पदार्थ खुवाएर फाइदा लिन खोजे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।