झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु

सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकमा करेन्ट लागेर एकजना पैदलयात्रीको घटनास्थलमा मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । बाह्रबिसे नगरपालिका–१ घोर्थलीका पप्पु गुरुङ घाइते भएका छन् ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले इन्टरनेटको तार तान्न प्रयोग गरेको फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा परेको थियाे । पैदलयात्रीले झुक्किएर पोल छुन पुग्दा करेन्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते गुरुङको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

The post झुक्किएर पाेल छुँदा करेन्ट लागेर मृत्यु appeared first on Rajdhani Daily News.

महामूर्ख बन्दै प्रदेश २ का मुख्यमन्त्री राउत !

Previous articleतनहुँमा दुई बस एकापसमा ठक्कर खाँदा २० यात्रु घाइते
Next articleशेयर बजार : डेढ घण्टामा १ अर्ब २९ करोड कारोवार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।