ईपीएल उद्घाटनमा पोखरा र ललितपुर भिड्ने (खेल तालिकासहित)

एभरेस्ट प्रिमियर लिग (ईपीएल)को उद्घाटन खेलमा पोखरा राइनोज् र ललितपुर प्याट्रियट्स भिड्ने भएका छन्।

आयोजक एभरेस्ट प्रिमियर लिगले बिहिबार सार्वजनिक गरेको खेलतालिका अनुसार लिगको पहिलो खेलमा पोखराले डिफेन्डिङ च्याम्पियन ललितपुरको सामना गर्नेछ। लिगको पहिलो दिन एक खेल मात्र हुनेछ।

ईपीएल मार्च १४ देखि २८ सम्म हुनेछ।

eplkhel

खेल, काठमाडौँस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो २ बजे सुरु हुनेछ।

लिगका अन्य दिनमा २ खेल हुनेछन्। दोस्रो दिन विराटनगर वारियर्स र चितवन टाइगर्स खेल्नेछन्।

सोही दिन दोस्रो खेलमा विराटनगर वारियर्स र काठमाडौं किंग्स ऐलाभेन भिड्नेछन्।

लिगको आठौँ र नवौँ दिन एक-एक खेल हुनेछन्।

लिग चरणको खेलपछि शीर्ष स्थानमा २ टोलीले क्वालिफयर खेल्दा २ टोलीले एलिमिनेटर खेल खेल्नेछन्।

लिगको गत संस्करण ललितपुर प्याट्रियट्सले भैरहवालाई हराउँदै उपाधि उचालेको थियो।

दु:’खद् खबर: कोरोनाबाट मृ`त्यु हुनेको संख्या ५ पुग्यो, ललितपुरमा एक जनाको मृ`त्यु

Previous articleकोरोनाबाट बिरामी परेका ३२ हजार ४ सय ९५ जना निको भएर घर फर्किए
Next article‘क्षमता कम हुँदाहुँदै ३९ कानून निर्माण हुनु सन्तोषजनक हो’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।