राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे

काठमाडौं, ६ माघ । नेकपाले सभामुखको उम्मेद्वारको टुंगो लगाएपछि उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा प्रतिनिधिसभाको बैठक बस्नुअघि उपसभामुखले राजीनामा दिने भएकी हुन् ।

आइतबार नेकपाले अग्नी सापकोटालाई सभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो ।

सभामुख उम्मेद्वार तय भएपछि निकास दिने बताउँदै आएकी उपसभामुख तुम्बाहाङ्फेलाई आइतबार नेकपा सचिवालय बैठकअघि प्रधानमन्त्री ओलीले छलफल पनि गरेका थिए ।

उपसभामुखको राजीनामा पछि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने बताइएको छ ।

सभामुख निर्वाचन प्रक्रिया आजकै बैठकबाट अघि बढ्नेछ ।

The post राजीनामा गर्दै उपसभामुख तुम्बाहाङ्फे appeared first on Koshi Online.

जन्ती बाेकेकाे ट्याक्टर दुर्घटना हुँदा तीनकाे मृत्यु, चार जना गम्भीर घाइते

Previous articleप्रतिबन्धपछि मैदान फर्केका अन्जन भन्छन्- जिन्दगीभरीलाई पाठ सिकेँ
Next articleउपसभामुख तुम्बाहाङ्फेले गरिन् राजीनामाको घोषणा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।