मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद

काठमाडौं । मोडल खुस्बु ओलीलाई जिल्ला अदालत काठमाडौंले दुई वर्ष कैदको फैसला सुनाएको छ । सापटी लिएको रकम नतिरेपछि ओलीलाई शुक्रबार अदालतले २ वर्ष कैदको फैसला सुनाएको हो ।

सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग ओलीले २ वर्षअघि जग्गा किन्न लागेको र त्यसका लागि रकम नपुगेको भएको भन्दै सापट लिइन् ३६ लाख रुपैयाँ ।

व्याज सहित फिर्ता गर्ने सर्तमा पैसा लिएकी ओलीले कटुवाललाइ समयमा पैसा फिर्ता गर्न सकिनन् । दिएको चेक पनि बाउन्स भयो । त्यसविचमा कटुवालले पटक पटक खुश्बुलाई भेटन प्रयाश गरे पनि । खुस्बु सम्पर्क विहिन भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

उक्त मुद्धामा फैशला गर्दै जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको छ ।

The post मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद appeared first on Rajdhani Daily News.

रत्ननगरमा विधालय बाटै लाखौको धनमाल चोरी (भिडियो)

Previous articleइरानमा कोरोना भाइरसको कारण राष्ट्रिय महिला खेलाडीको ज्यान गयो
Next articleआमाबुबाको हत्यापछि ७ महिने छोरीको बिचल्ली
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।