जुम्लाका युवाद्वारा प्रचण्डलाई ताकेर जुत्ता प्रहार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ताकेर जुम्लाका एक युवाले जुत्ता प्रहार गरेका छन्।

राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा संवोधन गरिसकेपछि अध्यक्ष प्रचण्डलाई ताकेर जुम्लाका २२ वर्षीय रतन तिरुवाले जुत्ता प्रहार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसपी श्याम ज्ञवालीले नेपालखबरलाई बताए।

तिरुवालाई अहिले नियन्त्रणमा लिई सिंहदरबार वृत्तमा राखिएको उनले बताए।

नेकपा स्वर्गीय नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन सकेर आफ्नो सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट प्रचण्डतर्फ जुत्ता प्रहार भएको थियो। जुत्ता मञ्चसम्म पुग्न सकेन।

‘अध्यक्षले भाषण गरेर आफ्नो कुर्सीमा बस्ने क्रममा ती व्यक्तिलाई प्रहार गरेको देखियो। प्रहरीले तत्काल नियन्त्रणमा लिइसकेको छ। उक्त व्यक्तिले के गर्न खोजेको हो, त्यो हामीले राम्रोसँग देख्न पाएनौं,’ कार्यक्रममा उपस्थित नेकपा नेता अमृत बोहराले नेपालखबरसँग भने।

साउदीस्थित दूतावासकै कर्मचारीको ठ’गी ध’न्दा: Exit Visa लगाईदिन्छु भन्दै पैसा अ’सुल्दै (भिडियो सहित)

Previous articleशान्ति सेनामा पठाइदिने प्रलाेभनमा सेनाका जवान ठगिए
Next articleकोरोनासँग जुध्ने यस्तो छ सरकारी तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।