‘वर्ग संघर्षको कुरा चित्त बुझेन जुत्ता हानेँ’

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्ने ब्यक्ति पूर्व माओवादी कार्यकर्ताको छोरा रहेको खुलेको छ । जुम्लाका २२ वर्षिय रतन तिरुवाले भाषण चित्त नबुझेपछि आवेशमा जुत्ता हानेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको पहिलो स्मृति सभामा संबोधनपछि प्रचण्डलाई ताकेर जुत्ता हानेका उनले प्रचण्डको वर्ग संघर्षको कुरा चित्त नबुझेपछि आवेशमा घटना भएको बताएका हुन् ।

‘भाषण सुनिरहेको थिएँ । भाषणमा वर्गसंघर्षको कुरा चित्त बुझेन, आवेशमा आएर जुत्ता हानेँ’ सिंहदरबार प्रहरी वृत्तमा प्रहरीसमक्ष उनले बयानमा भनेका छन् ।

The post ‘वर्ग संघर्षको कुरा चित्त बुझेन जुत्ता हानेँ’ appeared first on Rajdhani Daily News.

विदेश बाट आयो फेरी दु’:खद खबर: आफ्नै कोठामा झु’ण्डिएर नेपालीले गरे आ’त्मह’त्या

Previous articleखप्तड गोल्डकपको उपाधिका लागि थ्रीस्टार र सुदूरपश्चिम-११ भिड्ने
Next articleएकै पटक २२ एसएसपी डीआईजीमा बढुवा हुँदै, यी हुन् ३४ प्रतिस्पर्धी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।