तालामाराङ बजारमा आगलागी, २० लाखको क्षति

मेलम्ची नगरपालिका–६ तालामाराङ बजारमा पसल भएको घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन्।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको छ। त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए।

आगो प्रहरी र स्थानीयवासीको सहयोगबाट नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए। रासस

सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो

Previous articleअमेरिकामा दुई प्रहरीको गोली हानी हत्या
Next articleआयल निगमद्वारा मनाङ मर्स्याङ्दीको ‘टाइटल’ प्रायोजन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।