सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो

0
1

आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ।

अमेरिकाका आरोन जोन्सलाई ५ र मोनाङ्क पटेललाई ४ रनमै सन्दीप लामिछानेले एलबीडब्लु धरापमा परे।

यस्तै करण केसीले स्टेभन टेलरलाई शुन्य रनमा र जेभियर मार्सललाई २ रनमा आउट बनाए।

त्रिवि क्रिकेट मैदानमा खेल जारी छ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० बनाएको छ।

१ सय ९१ रनको लक्ष्य भेट्न अमेरिकाले प्रयास गरिरहेको छ।

खैरहनीमा एमालेको घरदैलो आक्रमक 

Previous articleअल कायदा नेता कसिम अल–रिमीको मृत्यु भएको अमेरिकाद्वारा घोषणा
Next articleविष्णु पौडेलका छोराको नामबाट जग्गा खोसियो !