सन्दीप र करण चम्किँदा चार ओभरमा अमेरिकाको ४ विकेट गुम्यो

आइसीसी विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्ध नेपालले अहिले बलिङ गरिरहेको छ।

अमेरिकाका आरोन जोन्सलाई ५ र मोनाङ्क पटेललाई ४ रनमै सन्दीप लामिछानेले एलबीडब्लु धरापमा परे।

यस्तै करण केसीले स्टेभन टेलरलाई शुन्य रनमा र जेभियर मार्सललाई २ रनमा आउट बनाए।

त्रिवि क्रिकेट मैदानमा खेल जारी छ।

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि सुरुवाती ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० बनाएको छ।

१ सय ९१ रनको लक्ष्य भेट्न अमेरिकाले प्रयास गरिरहेको छ।

खैरहनीमा एमालेको घरदैलो आक्रमक 

Previous articleमेस्सीले बार्सिलोनाबाटै खेल जीवन समापन गर्नेछन्ः पेप ग्वार्डिओला
Next articleनेपालद्वारा घरेलु मैदानमा अमेरिका पराजित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।