होलि भिजन स्कुल २८औं वर्षमा

काठमाडौं । २८औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा होलि भिजन स्कुलले आइतबार विद्यालयको प्रांगणमा ‘सांस्कृतिक एवं प्रवचन कार्यक्रम’को आयोजना गरेको छ । सो अवसरमा प्रा. देवराज दाहालले बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले बाबुआमाले अनुकरणीय मापदण्ड र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले समाज र राष्ट्रको विकास र समुन्नतिमा योगदान दिन सक्ने नागरिक तयार गर्न विद्यालयको अहम भूमिका हुनुपर्नेमा जोड दिए । विद्यालयका संस्थापक प्राचार्य नारायण शर्मा गजुरेलले मुनाफारहित गुठीका रूपमा सञ्चालित होलि भिजन स्कुलले ज्ञान र सीप सिकाउनुका साथै परिश्रमी, सहयोगी, चरित्रवान्, अनुशासित र देशभक्त नागरिक तयार गर्न मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।

अभिभावकका तर्फबाट बद्रीप्रसाद शर्माले होलि भिजन स्कुल उत्कृष्ट स्कुल रहेको धारणा राखे । विद्यालयका प्राचार्य नन्दलाल सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने प्लस टु कार्यक्रमका संयोजक विमल गिरीले भावी शैक्षिक गतिविधिको रूपरेखा प्रस्तुत गरे ।

२८ वर्षअघि मुनाफारहित गुठीका रूपमा स्थापना भएको होलि भिजन स्कुलमा प्राथमिक कक्षादेखि उच्च माध्यमिक तहसम्म हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत रहेको सो विद्यालयले जनाएको छ ।

The post होलि भिजन स्कुल २८औं वर्षमा appeared first on Rajdhani Daily News.

भद्रकाली युवा क्लबको व्यबस्थापनमा भद्रकाली मन्दिरमा बालाचतुर्दशी मेला भव्य रुपमा सम्पन्न

Previous articleमन्त्री अर्यालकाे नेतृत्वमा सार्बजनिक जग्गामा बनाइएका ३० घर टहरा भत्काइए
Next articleनेताहरू बीचको एकता नै आजको आवश्यकता हो : मुख्यमन्त्री पौडेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।