होलि भिजन स्कुल २८औं वर्षमा

0
77

काठमाडौं । २८औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा होलि भिजन स्कुलले आइतबार विद्यालयको प्रांगणमा ‘सांस्कृतिक एवं प्रवचन कार्यक्रम’को आयोजना गरेको छ । सो अवसरमा प्रा. देवराज दाहालले बालबालिकाको पहिलो पाठशाला भनेको घर भएकाले बाबुआमाले अनुकरणीय मापदण्ड र व्यवहार प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले समाज र राष्ट्रको विकास र समुन्नतिमा योगदान दिन सक्ने नागरिक तयार गर्न विद्यालयको अहम भूमिका हुनुपर्नेमा जोड दिए । विद्यालयका संस्थापक प्राचार्य नारायण शर्मा गजुरेलले मुनाफारहित गुठीका रूपमा सञ्चालित होलि भिजन स्कुलले ज्ञान र सीप सिकाउनुका साथै परिश्रमी, सहयोगी, चरित्रवान्, अनुशासित र देशभक्त नागरिक तयार गर्न मन, वचन र कर्मले प्रतिबद्ध रहेको बताए ।

अभिभावकका तर्फबाट बद्रीप्रसाद शर्माले होलि भिजन स्कुल उत्कृष्ट स्कुल रहेको धारणा राखे । विद्यालयका प्राचार्य नन्दलाल सुवेदीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरे भने प्लस टु कार्यक्रमका संयोजक विमल गिरीले भावी शैक्षिक गतिविधिको रूपरेखा प्रस्तुत गरे ।

२८ वर्षअघि मुनाफारहित गुठीका रूपमा स्थापना भएको होलि भिजन स्कुलमा प्राथमिक कक्षादेखि उच्च माध्यमिक तहसम्म हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत रहेको सो विद्यालयले जनाएको छ ।

The post होलि भिजन स्कुल २८औं वर्षमा appeared first on Rajdhani Daily News.

डोल्पामा विश्वकै अग्लो स्थानमा ताल ! (फोटो फिचर)

Previous article‘हिमालय बचाउ, नदी जोगाउ’ कार्यक्रम अन्तर्गत धरानमा बृहत गोष्ठी
Next articleध्वजावाहक विमान जापान पुग्दा खुशी भए नेपाली