प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले मंगलबार साँझ माइतीघरमा दीप प्रज्वलन गरेको छ ।

प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यका लागि सबै नेपालीको तर्फबाट दीप प्रज्वलन गरिएको अनेरास्ववियूका संयोजक ऐन महरले जानकारी दिए ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् ।

उनको भोली (बुधबार) मिर्गौला प्रत्यारोपण गरिँदै छ ।

The post प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन appeared first on Koshi Online.

कतारमा पिसिआर परिक्षणको शुल्क तीन सय रियाल तोकियो

Previous articleसडकबाट मानसिक रोगीको उद्धार
Next articleकोरोना भाइरसको डरले देशभरका स्कूल छिट्टै बन्द गर्ने तयारीमा सरकार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।