कर दोहोरो लिने, समाग्री खरिद सहरबजारवाट ?
कालिकोट। कालिकोट जिल्लाका स्थानीय व्यापारिहरुले स्थानीय सरकारप्रति व्यापक गुनासो गरेका छन । उद्योग वाणिज्य संघको १८ आँै वार्षिक साधारण सभामा अधिकांश व्यापारिहरुले, कालिकोटका गाउँपालिका तथा नगरपालिकाहरुले आफ्नो स्थानीय उत्पादित वस्तुलाई प्रोत्सान नगरि, कमिशन खानका लागि शहरबजारका ठुला व्यापारिहरुवाट समाग्री खरिद गरिएको बताएका छन ।
स्थानीय तहले कुनैपनि सामाग्री खरीदगर्दा कोटेशननै नगरि गैरकानुनि तरिकामा समाग्री खरिद गदैआएको बताएका छन । स्थानीय व्यापारीहरुसंग खरिद नगरि नेपालगंज,सुर्खेत लगायतका ठाउँवाट समाग्री खरिद गरेको आरोप लगाएका छन ।
वाहिरवाट समान खरिद गर्दा जनप्रतिनिधिहरुले विल,भरपाई मिलाउन सहज र खरिदमा कमिशन खानको लागि वाहिरवाट सामान खरिद गरिएको व्यापारी जिवन कुमार शाहीले बताए । उनले भने, ‘हामी नगरपालिकालाई कर तिर्ने नगरपालिका , भने हामीहरुवाट समान खरिद नगरि वाहिरवाट ल्याउने, ‘कसरी व्यापार व्यवसाय गर्न सकिन्छ, ‘सारै दुखको कुरो छ, ‘व्यापारीलाई, सनो तिनो समान खरिद गर्न पनि नेपालगंज, सुर्खेतवाट ल्याउने हो भने, हामिहरुले वेफाल्टु सरकारलाई कर तिरेर वस्ने’ यहि कारणले गर्दा धेरै व्यापारीहरु पलाएन भइसकेका छन ।
यस्तै, व्यापारी भिम प्रर्साद आर्चायले, खाँडाचक्र नगरपालिकाले, एक हजार भन्दा वढि पानी खाने फिल्टर नेपालगंजवाट खरिद गरेको भन्दै विरोध गरे । उनले,‘ हामीले नगरपालिकालाई, कर तिरिरहने, नगरपालिकाले, वाहिरवाट समान खरिद गर्ने, जनप्रतिनिधिहरुले कमिशन खानकै लागि स्थानीय व्यापारीहरुवाट समान खरिद नगरेको आरोप लगाए ।
स्थानीय सरकार जहिले पनि व्यापरिकै विरुद्ध लागेको आरोप पनि लगाए । केहि समय पहिले मदिरा नियन्त्रण गर्ने भनि, व्यापारीको रक्सी जफतगरि नष्टग¥र्यो । अहिले फेरि मदिरा निषेध गरिएका गाउँपालिका तथा नगरपालिकामा फेरि फुकुवा गरेका छन ।
जतावाट पनि व्यापारी को ढाड सेकाउने काम गरिरहेको बताए । यस्तै अन्तरपार्टी महिला संञ्जालका अध्यक्ष धर्मा शाहीले नेपाल सरकारले पनि स्थानीय उत्पादन , स्थानीय वस्तुको सदुपयोग गरि स्थानीय स्तरमै दिगोविकास गर्ने भनिएता पनि कालिकोटमा यस्तो नभएको बताईन । उनले, कालिकोटका व्यापरिहरुलाई लात हानेर पुर्वेली ढाँकाका चोली र ढाँकाका साडिहरु पुर्ववाट खरिद गरिनु दु: खत भएको बताईन ।
जिल्ला वाहिर जाँदा, भ्रर्मण भत्तापनि खान पाउने, समान खरिदमा कमिशन पनि खान पाउने हुँदा, जिल्लामा समान खरिद नगरी वाहिर जाने गरेको आरोप लगाईन । प्रत्येक स्थानीय तहमा ढाँका उद्योग संचालनमा ल्याई ढाक्का उत्पादन गरि वजारमा उपलव्ध रहेपनि जनप्रतिनिधिले नै पुर्वको ढाँढाका चोलि र साडिमा सजि सजावट भइरहेको आरोप लगाइन ।
स्थानीय उत्पादनलाई प्रोत्सान गर्नुको साटो उल्टै जनप्रतिनिधिहरुले, वाहिरको उत्पादनलाई प्रयोग गरेको बताईन । आ—आफ्नो सेटिङमा समान खरिद गरि कमिशन धन्दामा लागेको आरोप लगाईन । गाउँपालिका तथा नगरपालिकाहरुले औषधी खरिद, फर्निचर, स्टेशनरी, लगायतका समान विना कोटेशननै वाहिरैवाटै खरिद गदै आइरहेका छन ।

The post स्थानीय सरकारप्रति व्यापारीको गुनासो appeared first on Rajdhani Daily News.


