पौडी खेल्ने क्रममा बेपत्ता भएका रत्ननगरका बालकको शव भेटियो।

उज्यालो नेपाल- रत्ननगर वडा नं. ७, पडेरिया पुल नजिकै बूढीराप्ती खोलामा बेपत्ता भएका १५ वर्षीय बालक अनमोल लम्सालको शव फेला परेको छ।

रत्ननगर नगरपालिकाको नगरप्रहरी टोलीले शुक्रबार बिहान ५:१८ बजे पडेरिया पुलबाट करिब २ किलोमिटर चित्रसारीतर्फ बाँसघारी नजिक उनको शव फेला पारेको हो।

रत्ननगर-१५, माधवपुर निवासी लम्साल बिहीबार दिउँसो २ बजे पौडी खेल्ने क्रममा बूढीराप्तीमा बेपत्ता भएका थिए।

रत्ननगर-७, पडेरियास्थित मामाघर गएका बेला उनी नदीमा पौडी खेल्न गएका थिए। बेपत्ता भएको १५ घण्टापछि उनको शव फेला परेको प्रहरीले जनाएको छ।

घटनाकाे मुचुल्का उठाई बालककाे शव पाेष्ट माटमकाे लागि भरतपुरकाे सरकारी अस्पताल पठाईएकाे ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी प्रहरी प्रमुख डिएसपी रञ्जित अवाले जानकारी दिए ।

Previous articleप्रधानमन्त्रीको स्पेन भ्रमण बारे भ्रामक तथा तथ्यहीन सामग्री प्रचार गरियो- परराष्ट्र मन्त्रालय
Next articleकालिकाको आव २०८१-०८२ को बजेट : ७६.७३ प्रतिशत खर्च
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।