आधा दर्जन फिल्मबाट हटाइएकी करिना

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरले फिल्ममा काम गर्ने क्रममा आफूलाई पारिश्रमिक माग गर्दा फिल्मबाट हटाइएको बताएकी छन् । आफू केही मोटो भएको र निर्माता निर्देशकको मागअनुसारको ग्लामर दृश्य दिन नसकेर पनि फिल्मबाट हटाइएको यी नायिकाले बताएकी छन् ।

‘फिल्म खेल्ने क्रममा पहिलो फिल्मको प्रस्तावदेखि नै पारिश्रमिकको कारण म निकालिएको थुप्रै घटना छन्,’ करिनाको भनाइमा निर्माताहरू सुरुमा भनेको जति पारिश्रमिक दिन्छु भन्छन् तर कुरा गर्न बसेपछि पारिश्रमिकबारे ठूलै मोलमोलाइ गर्छन् । ‘मलाई एउटा फिल्मको स्क्रिप्ट साह्रै मन परेको थियो र त्यो फिल्म खेल्न म उत्साहित थिएँ । फिल्म खेल्ने सहमति भएपछि मैले अरू फिल्मबाट लिइरहेकै पारिश्रमिक माग्दा मलाई हटाइयो,’ आफूले बजारमा चलिआएको र अरू कलाकारले लिएको दाँजोमा बढी पारिश्रमिक कहिल्यै नमागेको पनि यी अभिनेत्रीले बताएकी छन् ।

आफूलाई सुरुका दिनमा त साह्रै नै कम पारिश्रमिक दिइएको पनि यी अभिनेत्रीले बताएकी छन्, ‘कतिपय फिल्ममा हामीले आपसी सहमतिमा कम पारिश्रमिकमा काम पनि नगरेको होइनौं । तर, मलाई हटाएर मैले मागेको भन्दा धेरै पारिश्रमिक दिएर अरू कलाकार राखेका घटनाहरू पनि छन् ।’

पारिश्रमिक मात्र होइन, शारीरिक कारणले पनि केही फिल्मबाट निकालिएको यी अभिनेत्रीको कथन छ । आफू केही मोटो भएको बेला दुब्लाउन नसकेको भन्दै एउटा फिल्मबाट आफूलाई निकालेको अभिनेत्री करिनाले खुलाएकी छन्, ‘म केही मोटी थिएँ र म त्यसलाई जसरी पनि सन्तुलन गर्छु भन्दै थिएँ । मेरो शरीरबारे मलाई कुनै अप्ठेरो महसुस नहुँदा पनि छायांकनको दिन नजिकिएपछि मलाई फिल्मबाट हटाइयो ।’ आफू पन्जाबी नारी भएको र परोठालगायत अमिलो, पिरो, जिल्लो खानेकुरा निकै मनपर्ने भएकाले त्यतिबेला शरीर घटाउन नसकेकै कारण फिल्मबाट निकालिनुपरेको करिनाको
भनाइ छ ।

यस्तै, सुरुका दिनमा एउटा फिल्ममा ग्लामर रूपमा प्रस्तुत हुन नसक्ने भएपछि निकालिएको पनि करिनाले बताएकी छन् । त्यसपछि परिवारको सहमतिमा आफूलाई फिल्ममा पूर्ण ग्लामर रूपमा प्रस्तुत गर्न र चुम्बन तथा बोल्ड सिन दिन पनि सफल भएको करिनाले बताएकी छन् ।

The post आधा दर्जन फिल्मबाट हटाइएकी करिना appeared first on Rajdhani Daily News.

रत्ननगरमा एड्वानले सुरु गर्यो सबै प्रकारका हिंसा तथा मदिरा न्यूनीकरण परियोजना

Previous articleहोलीलाई नरहरिको नयाँ गीत
Next articleआगलागीमा दुई करोड बढी क्षति
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।