आगलागीमा दुई करोड बढी क्षति

0
73

इलाम । हिउँदको समय । त्यसमा पनि फागुन र चैत्र महिनामा आगलागीका घटना प्राय ठाउँमा हुने गर्छ । सुख्खा मौसम भएकाले पनि आगलागीका घटना बढी हुने गरेको छ । इलामको विभिन्न स्थानमा आगलागी हुँदा दुई करोड भन्दा बढीको सामान डढेर नष्ट भयो । आगलागी नियन्त्रणका लागि किनिएको दमकलको हालत यति खराब छ । आगो निभाउन गएको दकमल आधीबाटोमा पुगेपछि बिग्रन्छ ।

फागुन २१ गते इलामको फाकफोकथुम गाउँपालिका – ६ फूस्रेमा रहेको तीनजुरे बोर्डिङ्ग स्कूलको छात्राबासमा आगलागी हुदाँ २५ लाख बराबरको क्षति भयो । विद्युत सर्ट भई आगलागी हुदाँ काठको बेरा र टिनको छानो भएको दुईतले घर जलेर नष्ट भएको थियो ।

प्रहरीका अनुसार, घरभित्र रहेको भाडावर्तन, लत्ताकपडा, अन्नपात, टिभी, दुई थान, ल्यापटप ४ थान, कम्प्युटर २ थान, कुर्सी, दराज खाट जलेर नष्ट हुदाँ २५ लाख बराबरको क्षति भएको थियो । आगलागी भएको थाहा पाएपछि स्थानियबासी र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।

त्यस्तै इलामको सन्दकपुर गाउँपालिका २ माइमझुवाका कुल बहादुर गुरुङको घरमा पुस २० गते आगलागी हुँदा १२ लाख ७२ हजार बराबरको क्षती भएको थियो ।

गुरुङको २ तला रहेको टिनको घरमा आगलागी हुँदा २ तोला सुनको औँठी ६ तोला चादी गरगहना लत्ताकपडा अन्नपात काठपात सबै जलेर नस्ट भएको हो । विद्युत सर्टभई आगलागी भएको प्रहरीको घनाई छ । सुतेको समयमा अचानक आगो लागेपछि छिमेकीहरु भेला भएर आगो निभाउन खोज्दा सिलिन्डर ग्यास आगोले जलेर बिस्फोट भएको थियो । ग्यास विष्फोटपछि आगो नियन्त्रण लिन नसकिएको स्थानीय सन्तोष गुरुङले बताए ।

उता इलामको सूर्योदय नगरपालिका २ का सशी क्षेत्रिको घरमा माघ २६ गते आगलागी हुँदा २७ लाख बरबरको क्षति भयो । कार र टिनको दुईतले घरमा आगलागी हुँदा २७ लाख क्षति भएको प्रहरीले जनाएको छ ।

उक्त आगो स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो । सोहि नगरपालिका–५ स्थित अन्तुडाँडामा रहेको होमेस्टेमा मंसिर २३ गते आगलागीमा हुँदा २६ लाख बराबरको क्षति भएको छ ।

मानबीर तामाङको दुईतले काठ, सिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिद्युत सर्ट भइ अचानक आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको थियोे । आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पूर्ण जिन्सी सामानहरु जलेर नष्ट भएका थिएभने प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

फागुन २४ गते इलामको माईजोगमाई गाउँपालिकाका धनकुमार निरौलाको घरमा आगलागी हुँदा २४ लाख बराबरको क्षति भएको छ । रातको समयमा विद्युत सर्ट भई आगलागी हुँदा सो बराबरको क्षति भएको हो ।

निरौलाको दुई तले घर जलेर नष्ट भएको छ र घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाडावर्तन सबै जलेर नस्त भए । प्रहरी र स्थानियको सहयोगमा एक घण्टापछि आगो नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।

गत वर्षको चैत्र १ गते इलामको सन्दकपुर गाउँपालिका स्थित माइपोखरी अगाडि रहेका होटलहरुमा आगलागी भयो । आगलागीका कारण तीन घर जलेर नष्ट भए भने करोडौ क्षती भयो । आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, लाक्पा शेर्पा, कमल मुखियाको घर जलेर नष्ट भयो । उक्त घरहरुमा होटल तथा पसलहरु सञ्चालन थिए । नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगले आगो नियन्त्रण भएको थियो ।

जब आधीबाटोमै दमकल बिग्रियो

जिल्लामा दश स्थानीय तह भएपनि दुई वटा स्थानीय तहमा मात्र दमकल रहेका छन । जिल्लाको इलाम नगरपालिका र सूर्योदय नगरपालिकामा मात्र एक एक वटा दमकल छन ।

आगलागीका घटना थाहा पाएर हिँडे पनि गन्तव्य सम्म पुग्नेमा विश्वस्त भने छैन । इलाम नगरपालिकको अहिलेको दमकलले ताप्लेजुङमा भएको आगलागीमा पुग्न भ्याएको थियो भने, नेपालटारको आगलागीमा आगो निभाएको थियो । त्यो बाहेक यो दमकलले इलाम बजार वरिपरिका दुईचार वटा घरमा भएको सामान्य आगो निभाउन प्रयोग गरिएका छन् ।

गत वर्ष इलाम र पाँचथरको सिमानामा रहेको राँके बजारमा आगलागि हुँदा नियन्त्रणका गर्न इलामबाट गएको दमकल पुवा खोलामा पुगेर विग्रियो । विग्रिएर गन्तव्यमा नपुगेपछि झापाबाट दमकल आएको थियो । तर, इलाम नगरपालिकाका प्रशाशकिय अधिकृत अहिलेको अवस्थामा दमकल कन्डिसनमा रहेको बाताउँछन ।

उता सूर्योदय नगरपालिकामा हाल भएको दमकल पनि पूरानो भैसकेको छ । तीन वर्ष अघि अनुदानमा किनेको दमकलले गति दिन सक्दैन । चार हजार लिटर क्षमता रहेको दमकलले नगरभित्रका आठ दश ठाउँका आगो नियन्त्रण र नगर बाहिर एक दुई ठाउँ पुगेको सूनपाको दमकल पूरानो भएपनि अहिलेको अवस्था राम्रै रहेको उपमेयर दूर्गादेवि भट्टराईले बताइन । उनले भनिन ‘यो दमकल पूरानो भएको कारण नयाँ दमकल किन्ने तयारीमा नगरपालिका रहेको छ । यस वर्षको नगरपालिकाले दमकल खरिदका लागि नगरसभाले पास गरिसकेको छ आव तत्काल खरिद गर्ने तयारीमा रहेका छौँ ।’

तयारी अवस्थामा छौं : प्रजिअ सेडाई

जिल्ला प्रशासन कार्यलय इलामले विपद् व्यस्थापनका लागी तयारीमा रहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी तुलसी राम सेडाईले जिल्लामा हुने विपद् व्यवस्थापनका लागी तयारी अवस्थामा रहेको बताएका हुन । उनले भने “जिल्लामा कुनै पनि घटना नहोस तर भै हाले भने पनि तत्काल नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेनासँग समन्वय गरसकेका छाँै”। सेँडाईका अनुसार स्थानीय तह सँग पनि समन्वय गरेर आवश्यक सामग्री तयारी अवस्थामा रहेको छ । उनले भने “भौगोलीक विकटताका कारण पनि सवै ठाउँमा पुग्न सम्भव छैन त्यसैले स्थानीय तहलाई पनि तैनाथ रहन आग्रह गरेका छौँ” । “कति पय ठाउँका आगलागी भयो भन्ने खवर पाउने साथ नियन्त्रणका लागी तैनाथ खटेपनि काठका घर भएको कारण छोटो समयमा ठूलो क्षती हुनेगरेको उनी बताउँछन” । क्षति भएका पिडित परिवारलाई पनि स्थानीय तह सँग समन्वय गरेर तत्काल राहत उपलब्ध गराउने गरेको पनि सेडाईको भनाई छ ।

The post आगलागीमा दुई करोड बढी क्षति appeared first on Rajdhani Daily News.

रत्ननगर अस्पतालमा मातृशिशु अस्पताल बन्दै, मेयर वनले गरे उद्घाटन

Previous articleखड्काको हत्या अभियोगमा  एक पक्राउ
Next article५ किलो सुन तस्करीमा संलग्न भोटे ३ लाख धरौटीमा छुटे