होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु

एजेन्सी । होली खेलेर नुहाउने क्रममा भारतको उडिशा राज्यमा १५ जनाको डुबेर मृत्यु भएको छ । मङ्गलबार होली खेलेर नुहाउने क्रममा विभिन्न नदी तथा पोखरीमा डुबेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

विगतका वर्षमा पनि होली खेलेर नुहाउने क्रममा मानिसको मृत्यु हुने गरेकाले स्थानीय प्रशासनले नदीमा नुहाउन रोक लगाएको थियो ।

होली मनाउने क्रममा जाँडरक्सी खाएकाहरु नुहाउने क्रममा दुर्घटना हुने भन्दै नुहाउन नदीमा नजान प्रशासनले आग्रह गरेको थियो । मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने स्थानीय सरकारले घोषणा गरेको छ ।

The post होली खेलेर नुहाउने क्रममा १५ जनाको मृत्यु appeared first on Rajdhani Daily News.

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त – प्रधानमन्त्री देउवा

Previous articleचीनको ताक्लाकोटमा ठूलो संख्यामा नेपाली अलपत्र, गर्भवती महिला र बालबालिकाद्वारा उद्धारका लागि अपील
Next articleकोरिया जाने श्रमिकको भिसा थप्न नेपालको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।