नेपालगन्जमा फेरी थपियो कोरोना’; आज मंगलबार बिहानै थपिए ७ जना

काठमाडौं : कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। मंगलबार भेरी अस्पताल, नेपालगञ्जमा भएको परिक्षणमा ७ जना नयाँ संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमितहरु नेपालगञ्ज-८ का २२, ३० र ४० वर्षका पुरुष र ०९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन्। मन्त्रालयका अनुसार उनीहरु स्वास्थ्य अवस्था सामान्य रहेको छ।

संक्रमितको खोजी तीव्र, संघ र प्रदेशबाट ३ टोली परिचालित

एउटै टोलमा संक्रमितको संख्या अत्यधिक देखिएपछि बाँकेको नेपालगन्जमा पोलिमरेज चेन रियाक्सन (पीसीआर)परीक्षणको दायरालाई विस्तार गरिएको छ। अन्य सम्भावित संक्रमितको खोजी कार्यलाई तीव्रता दिइएको छ। संक्रमितको खोजीका साथै ट्राभल हिस्ट्री लिनका लागि सहयोेग गर्न संघबाट दुई जनाको टोली परिचालन भएको छ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)का निर्देशक डा. वासुदेव पाण्डेका अनुसार सम्भावित संक्रमितको ट्रेसिङ र ट्राभल हिस्ट्रीलगायतमा संलग्न हुने गरी संघबाट दुई वटा टोली नेपालगन्ज गएको छ। उक्त टोली संक्रमण देखिएको स्थानीय बासिन्दाको घर-घरमा खटिएको छ।

सीमावर्ती सहर नेपालगन्जमा हालसम्म २३ जना संक्रमित फेला परेका छन्। उनीहरूबाट अन्यमा पनि सरेको विज्ञहरूको आशंका छ। रोग निन्त्रण महाशाखाबाट हेमन्त ओझा, प्रदीप रिमालसहितको टोली परिचालन भएको छ। त्यस्तै, मन्त्रालयबाट यदुचन्द्र घिमिरेको नेतृत्वमा एउटा टोली खटिएको छ। प्रदेश ५ बाट पनि टोली परिचालन भएको छ।

संक्रमित कहाँ/कति ?

मुलुकभर हालसम्म संक्रमितको संख्या ८२ छ।  मन्त्रालयका अनुसार प्रदेश १ मा ३१, २ मा १३ र बागमती प्रदेशमा ७ जना छन्। त्यस्तै, गण्डकी प्रदेशमा २ र ५ मा २४ र सुदूरपश्चिममा ५ जना संक्रमित फेला परेका छन्। कर्णाली प्रदेशमा हालसम्म संक्रमित फेला परेका छैनन्। जसमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन्।

उपचाररत संक्रमितको संख्या ५९ छ। विराटनगरमा ३१, नेपालगन्जमा १६, वीरगन्जमा ९, धनगढीमा १, भरतपुरमा १ र रुपन्देहीमा १ जना छन्। सबैको स्वास्थ्य अवस्थामा सामान्य रहेको प्रवक्ता डा . देवकोटाले जानकारी दिए। आइसोलेसनमा बसिरहेका सम्भावित संक्रमितको संख्या १ सय ६ जना रहेको छ।

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम आज

Previous articleपरदेशीका श्रीमतीले फेसनमा पैसा खर्च गर्नु हुँदैन (भिडियाे सहित)
Next articleकापी किन्न १८० लिएर घर बाट निस्किएकी छोरी १२ वर्ष हुँदा पनि घर फर्किनन्: खोज्न सहयोग गरिदिन बाबुको आग्रह
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।