कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सा’मूहिक ब’लात्का’रमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार म’ध्यरातमा स’मूहिक ब’ला’त्कार भएको भन्दै न्या’य मागेकी हुन् । तर घट’ना लुका’उन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तो’डफो’ड गरेका छन् ।
स्थानीयको वि’रो’धपछि प्रहरीले तीन जनालाई प’क्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जा’हेरी परेको छैन, तर हामी अ’नुसन्धान गर्दैछौं ।’

के भएको थियो घ’टना ?
पी’डित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै ड’र लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् । तर उनी गएको कोठाको ढोकामा चुकु ल थिएन । ढोकामा बेञ्च राखेर भित्र सु त्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘स ञ्चो थिएन, टाउको दु’खिरहेको थियो ।

पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् । म’ध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गा’ली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पी’डितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछा डिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र प’छ्यार्यो र ढोका खोलेर मलाई जब’रज स्ती गर्यो ।’

अर्का स्वयंसेवक आएर भि’डियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गु’हार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ ब’चाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्यो ममाथि ।’ भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र न’दिए भिडियो भा’इरल गर्ने ध’म्की’ दिएको पी’डित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परी’क्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । न’भएको आ’रोप लगाएर कसैकाे बे’इज्जत गर्नुपर्ने केही कारण छैन ।’ अनलाइन खबर बाट


