कतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

कतारबाट फर्कनेको कोरोना जाँच नहुने, ज्वरो मात्र नापेर पठाइने

काठमाण्डौ – कतारबाट कोरोना जाँच नगरी नेपालीहरु स्वदेश फर्काइने भएको छ । कतार सरकारले निजी स्वास्थ्य संस्थालाई कोरोना परीक्षण गर्ने अनुमति नदिएकाले त्यहाँबाट स्वदेश फर्कने नेपालीको सामान्य ज्वरो मात्र जाँच गरेर स्वदेश पठाइने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । नेपाल सरकारले तोकेअनुसारको स्वदेश फर्कने नेपालीको साथमा कोरोना जाँचको प्रमाणपत्र साथमा राखेर फर्कन सम्भव नभएको दूतावासले स्पष्ट पारेको छ ।

दूतावासले भनेको छ, ‘दोहाबाट फर्कने नेपालीको विमानस्थलमा ज्वरो मापन गरिने छ, साथै “Ehteraz मोबाइल एप’ मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने छन् ।’ यो कतार सरकारले जारी गरेको एप हो । त्यसैले स्वदेश फर्कने नेपालीलाई यो एप अनिवार्य रुपमा चलाउन पनि दूतावासले अनुरोध गरेको छ । यो एप डाउनलोड गरेर कतारी आईडी, भिसा नम्बर राखेर आफूलाई दर्ता गर्न सकिन्छ ।

 

कतारबाट पहिलो उडान पर्सि शनिबार नेपाल एअरलाइन्सले भर्दैछ । अर्को उडान जुन २२ र २४ मा हिमालय एअरलाइन्सले भर्नेछ । कतारबाट नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत १७४ जना फर्कने छन् । यो सूची कतारको सम्बन्धित निकायले पारित गरिसकेको छ ।

यस्तै हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको सूची दूतावासले तयार गरेको छ । जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची दूतावासले सार्वजनिक गरेको छ । नेपाल एअरलाइन्सले कतारबाट अर्को उडान पनि भर्नेछ । तर मिति भने तय नभएको दूतावासले जनाएको छ । उज्यालो अनलाईन बाट 

नेपाल एअरलाइन्सको पहिलो उडानमार्फत फर्कने १७४ जनाको नामावली हेर्न यँहा क्लिक गर्नुहोला !
हिमालय एअरलाइन्समार्फत जुन २२ मा हुने उडानमार्फत स्वदेश फर्कने १७४ जनाको सूची हेर्न यँहा क्लिक गर्नुहोला !
जुन २४ मा हिमालयबाट स्वदेश फर्काउन १७३ जनाको सम्भावित सूची हेर्न यँहा क्लिक गर्नुहोला !

 

नागरिकले ठूलो सास्ती खेप्नु परेपछि गृहमन्त्री लामिछानेले गरे राहदानी विभागको अनुगमन

Previous articleमलेसियाबाट ११७ जना नेपाली काठमाण्डौ आइपुगे, आजै कुवेत र ओमानबाट पनि २९७ जना स्वदेश फर्किए
Next articleलद्दाख त’नाबका बीच नेपाली आर्मी चिफको सीमाक्षेत्र भ्रमणले भारतमा तरङ्ग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।