खेत जोत्दा जोत्दै ट्रयाक्टरको फिरफिरेले पे’लिएर चितवनमा एकजनाको मृ’त्यु
चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका, चैनपुरमा खेत जोत्ने क्रममा ट्रयाक्टरको रोडाभेटर ( फिरफिरे) ले च्या’पेर एक जनाको पुरुषको घट’नास्थलमै मु’त्यु भएको छ । खेत जोत्ने क्रममा ट्रयाक्टरको रोडाभेटरले पे’लिंँदा आज बिहान १० बजे सोही ठाँउका ५७ बर्षको रिखे दमाईको घ’टना’स्थलमै मु’त्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुगंले जानकारी दिए ।


खैरहनी नगरपालिका वडा न ४ चैनपुर स्थित रिखे दमाईको खेतमा धान रोपाई गर्न ना ७ त ४४८८ नम्बरको ट्रयाक्टरले जोत्ने क्रममा रोडाभेटरको नट फुस्किएर रोडाभेटरमा टेकेर नट कस्ने क्रममा रोडाभेटरले पेलेपछि उनको ज्यान गए’को चितवन प्रहरीले जनाएको छ ।

गाेन्द्राङकाे ढाट लाेथर सर्याे, पूर्बी चितवनवासी हर्षित
सडक वाेर्ड नेपालले पूर्व पश्चिम राजमार्गकाे भरतपुर-१२ गाेन्द्राङमा रहेकाे सडक दस्तुर उठाउन राखिएको टाेलबुथ लाेथरमा स्थानान्तरण गर्ने निर्णय गरेकाे छ । गृह मन्त्रालय, सम्वन्धित स्थानीय तह र जिल्ला प्रशासनबाट पटक-पटक अनुराेध भएकोले वाेर्ड कार्यकारी समितिकाे असार ४ काे बैठकबाट स्थानान्तरणकाे निर्णय गरिएको वाेर्डले जनाएको छ । हाल काेभिड-१९ काे लकडाउनकाे जारी अवस्थाका कारण दस्तुर उठाउने कार्य स्थगित नै रहेकाले परिस्थिति सामान्य भएपछि टाेलबुथ ढाट लाेथर स्थान्तरण हुने बाेर्डले जनाएको छ ।

गाेन्द्राङ ढाट स्थानान्तरणकाे माग गर्दै पूर्बी चितवनबासिले अान्दोलन समेत गर्नुपरेकाे थियाे । राजनीतिक दल, जनप्रतिनिधिहरुकाे समर्थनमा रत्ननगर उधाेग वाणिज्य संघले अान्दाेलनकाे संयाेजन गरेकाे थियाे । सदरमुकाम अाउदा जादा समेत कर बुझाउनु पर्ने बाध्यता अब टरेकाे भन्दै रत्ननगर उधाेग वाणिज्य संघले पत्रकार सम्मेलन गरि याे अभियानमा सहयाेग पुर्याउने सबैमा धन्यवाद ब्यक्त गरेकाे छ ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालले ढाट स्थानान्तरणकाे निर्णय जिल्लाबासिकाे चाहाना बमाेजिम भएको बताउनुभयाे । बिशेषत पूर्बी चितवनबासीले दशकाैदेखि याे माग उठाउदै अाएकाे उल्लेख गर्नुभयाे ।


