खेत जोत्दा जोत्दै ट्रयाक्टरको फिरफिरेले पे’लिएर चितवनमा एकजनाको मृ’त्यु

खेत जोत्दा जोत्दै ट्रयाक्टरको फिरफिरेले पे’लिएर चितवनमा एकजनाको मृ’त्यु

चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका, चैनपुरमा खेत जोत्ने क्रममा ट्रयाक्टरको रोडाभेटर ( फिरफिरे) ले च्या’पेर एक जनाको पुरुषको घट’नास्थलमै मु’त्यु भएको छ । खेत जोत्ने क्रममा ट्रयाक्टरको रोडाभेटरले  पे’लिंँदा आज बिहान १० बजे सोही ठाँउका ५७ बर्षको रिखे दमाईको घ’टना’स्थलमै मु’त्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नान्तीराज गुरुगंले जानकारी दिए ।

खैरहनी नगरपालिका वडा न ४ चैनपुर स्थित रिखे दमाईको खेतमा धान रोपाई गर्न ना ७ त ४४८८ नम्बरको ट्रयाक्टरले जोत्ने क्रममा रोडाभेटरको नट फुस्किएर रोडाभेटरमा टेकेर नट कस्ने क्रममा रोडाभेटरले पेलेपछि उनको ज्यान गए’को चितवन प्रहरीले जनाएको छ ।

गाेन्द्राङकाे ढाट लाेथर सर्याे, पूर्बी चितवनवासी हर्षित

सडक वाेर्ड नेपालले पूर्व पश्चिम राजमार्गकाे भरतपुर-१२ गाेन्द्राङमा रहेकाे सडक दस्तुर उठाउन राखिएको टाेलबुथ लाेथरमा स्थानान्तरण गर्ने निर्णय गरेकाे छ । गृह मन्त्रालय, सम्वन्धित स्थानीय तह र जिल्ला प्रशासनबाट पटक-पटक अनुराेध भएकोले वाेर्ड कार्यकारी समितिकाे असार ४ काे बैठकबाट स्थानान्तरणकाे निर्णय गरिएको वाेर्डले जनाएको छ । हाल काेभिड-१९ काे लकडाउनकाे जारी अवस्थाका कारण दस्तुर उठाउने कार्य स्थगित नै रहेकाले परिस्थिति सामान्य भएपछि टाेलबुथ ढाट लाेथर स्थान्तरण हुने बाेर्डले जनाएको छ ।

गाेन्द्राङ ढाट स्थानान्तरणकाे माग गर्दै पूर्बी चितवनबासिले अान्दोलन समेत गर्नुपरेकाे थियाे । राजनीतिक दल, जनप्रतिनिधिहरुकाे समर्थनमा रत्ननगर उधाेग वाणिज्य संघले अान्दाेलनकाे संयाेजन गरेकाे थियाे । सदरमुकाम अाउदा जादा समेत कर बुझाउनु पर्ने बाध्यता अब टरेकाे भन्दै रत्ननगर उधाेग वाणिज्य संघले पत्रकार सम्मेलन गरि याे अभियानमा सहयाेग पुर्‍याउने सबैमा धन्यवाद ब्यक्त गरेकाे छ ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालले ढाट स्थानान्तरणकाे निर्णय जिल्लाबासिकाे चाहाना बमाेजिम भएको बताउनुभयाे । बिशेषत पूर्बी चितवनबासीले दशकाैदेखि याे माग उठाउदै अाएकाे उल्लेख गर्नुभयाे ।

४७० नयाँ जहाज किन्न लागेको एयर इण्डियालाई ६५०० पाइलट चाहिने

Previous articleरुपन्देही हुँदै पाल्पा पुग्यो सलह, एक किलो सङ्कलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय (भिडियो)
Next articleपाँच वर्षदेखि हरेक शवको मलामी बनिरहेको ‘काली’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।