रुपन्देही हुँदै पाल्पा पुग्यो सलह, एक किलो सङ्कलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय (भिडियो)

रुपन्देही हुँदै पाल्पा पुग्यो सलह, एक किलो सङ्कलन गर्नेलाई २० रुपैयाँ दिने निर्णय (भिडियो)

पाल्पा – प्रदेश नम्बर ५ सरकारले सलह किरा सङ्कलन गर्नेलाई प्रतिकिलो २० रुपैयाँ दिने निर्णय गरेको छ । प्रोत्साहन स्वरुप किरा सङ्कलन गर्नेलाई रकम उपलब्ध गराउने निर्णय भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर ५ की वरिष्ठ बाली संरक्षण अधिकृत कामना अधिकारीले जानकारी दिनुभयो । सङ्कलन गरिएको सलह किरा स्थानीय तहमा बुझाउने र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमार्फत प्रोत्साहन स्वरुप अनुदान उपलब्ध गराउने अधिकारीले बताउनुभयो ।

भारतको सीमा क्षेत्र हुँदै रुपन्देहीमा भेटिएको किरा सलह भएको जानकारी दिँदै वरिष्ठ बाली संरक्षण अधिकृत अधिकारीले सामान्यतया दुई ग्रामको हुने यो सलह किराले एक दिनमा आफ्नो तौल बराबरको खानेकुरा खाने जानकारी दिनुभयो । ३५ हजार मानिसलाई पुग्ने खानेकुरा सलहको झुण्डले एकै पटक खाने उहाँको भनाइ छ । कृषि ज्ञान केन्द्र पाल्पाका प्रवक्ता सन्तोष पाठकले रुपन्देहीबाट पाल्पाको दोभान हुँदै सलह किरा सराई र पोखराथोकसम्म आइपुगेको बताउनुभयो । केही किरा दोभान क्षेत्रमा बसेको पाठकको भनाइ छ ।

यस्तै मन्त्रालयले मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न समेत अनुरोध गरेको छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । यो किरा नेपालका विभिन्न जिल्लामा पुगिसकेको छ । सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

सलह किराका कारण सन् २०२० को फेब्रुअरीमा पाकिस्तानमा राष्ट्रव्यापी सङ्कटकाल घोषणा गरिएको थियो भने । भारतमा मे महिनामा प्रवेश गरेको सलहले ५० हजार हेक्टरमा लगाएको बालिनै नष्ट गरेको थियो ।

सांसद चन्द्र भण्डारीकी आमा हरिकलाको उपचारका क्रममा निधन

Previous articleहोसियार !!! नेपाल जाने टिकट मिलाइदिन्छु भन्दै ठग्न सक्छन, विचार गरौ र दूतावासको मात्र भर परौ
Next articleखेत जोत्दा जोत्दै ट्रयाक्टरको फिरफिरेले पे’लिएर चितवनमा एकजनाको मृ’त्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।