
अपराजित मनाङ मस्र्याङदी क्लब ‘ए’ डिभिजन लिगको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
शुक्रबार भएको आठौँ चरणको खेलमा पाँचौ जित दर्ता गरेको मनाङले सरस्वती युथ क्लवलाई १–० ले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो।
दशरथ रगंशालामा शुक्रबार भएको खेलमा मनाङको जितमा खेलको ४६ औं मिनेटमा विमल रानाले निर्णायक गोल गरे। मनाङमा निसान लिम्बुको क्रसमा अन्जन विष्टले गरेको प्रहार बारमा लागेर फर्किएको बललाई बिमल रानाले हेडमार्फत जाली चुमाएका हुन्। खेलको पहिलो हाफमा मनाङले गोल गर्ने थुप्रै अवसर पाए पनि अग्रता बनाउन सकेन।
४ खेलमा जित दर्ता गरेको मनाङले समान ४ खेलमा बराबरी गर्दै १६ अंब बनाएको छ। एक खेल कम खेलेको त्रिभुवन आर्मी पनि समान १६ अंकमा दोस्रो र ८ खदेल खेलेको मछिन्द्र तेस्रो स्थानमा छ।
लगातारको हारसँगै पुछारमा रहेको सरस्वती क्लब भने रेलिगेसनको खतरामा छ। आठौँ चरणसम्म एक खेलमा मात्र बराबरी गरेको सरस्वतीले बाँकी सबै खेल गुमाएको छ।


