चितवनमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु

Click Image

चितवन, कार्तिक ४ – चितवनको भरतपुर महानगरपालिका–१० एयरपोर्ट नजिक गए राति भएको स्कुटर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

मंगलवार विहान करिब २ बजे बा.प्र.०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा भरतपुर–२१ निवासी २५ वर्षीय सन्दीप घिमिरे र पछाडि सवार २८ वर्षीय कुशल अर्याल गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि भरतपुर सरकारी अस्पतालमा लगिएको थियो। तर उपचारको क्रममा राति करिब २:३५ बजे चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेका छन्।

मृतकको शव भरतपुर सरकारी अस्पतालमै राखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटनाको कारण सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

Previous articleखैरहनीमा ‘तिहार म्युजिक फेस्ट–भोल्युम ८’: रकहेड्स, कटाव र क्रिशाला हुँदै दर्शना, दया र जेम्सीको धमाकेदार प्रस्तुति रहने ।
Next articleचितवनमा जुवातास खेल्दै गरेका ११ जना पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।