अहिले सम्म विदेशमा समस्यामा परेका ४५ हजार नेपालीकाे उद्धार

अहिले सम्म विदेशमा समस्यामा परेका ४५ हजार नेपालीकाे उद्धार

काठमाण्डाै – सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्क्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्धार गरिएको हो । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् ।

त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्धार भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका पाँच हजार ७८२, प्रदेश नं ५ का सात हजार ४७९, कर्णाली प्रदेशका एक हजार २६ र सुदूरपश्चिम प्रदेशका एक हजार १६८ जनालाई उद्धार गरिएको छ । शुक्रबारमात्र ८६३ जनाको उद्धार गरिएको उक्त केन्द्रले जनाएको छ ।

आज एक हजार ५१७ नेपाली चार्टर्ड उडानमार्फत स्वदेश फर्किए

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमन र प्रस्थान दुवै गरी १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत एक हजार ५१७ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् । नेपाल एयरलाइन्सले साउदी अरेबियाको दमामबाट १४७ र रियादबाट २५८ यात्रु काठमाडौँ ल्याएको छ ।

Photo Credit: aviationnepal.com

थप नेपालीको उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ । यस्तै हिमालय एयरलाइन्सले क्वालालम्पुरबाट १५६ यात्रु तथा एक शव र दमामबाट १५४ यात्रु नेपाल ल्याएको छ । थप उडानका लागि हिमालयको जहाज चीनको कुनमिं, दोहा र क्वालालम्पुर उडेको विमानस्थलले जनाएको छ ।

मालिन्दो एयरले क्वालालम्पुरबाट दुई चार्टर्ड उडान गरी क्रमश: १७३ र १७१, एयर अरेबियाले सारजाहाँबाट १६७, फलाई दुबईले १५७ र इतिहाद एयरले १३६ नेपाली काठमाडौँ ल्याएको छ । आइतबार पनि विभिन्न देशबाट नेपालीको उद्धारका लागि आगमन र प्रस्थान दुवै गरी १० चार्टर्ड उडान हुने विमानस्थलले जनाएको छ ।

जेठसम्म पातारासी गाउँपालिका भौतिक प्रगति ८० प्रतिशत

Previous articleयुएई बाट आएको १९१ जना यात्रु बोकेको एअर ईन्डियाको विमान दुर्घटना, विमान दुईटुक्रा (भिडियो)
Next articleभाग्य न्यौपानेको घर पुग्दा यस्तो देखियो, बुबा संग रमाईलो कुराकानी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।