मादक पदार्थ सेवनपछि विवाद हुँदा खैरहनीमा एकजना माथि चक्कु प्रहार

चितवन । चितवनको खैरहनी नगरपालिका–१३ हर्नरीमा धारिलो हतियार प्रहारबाट एक जना घाइते भएका छन्।

गए राति करिब २०:४० बजे जिल्ला कैलाली घर भई हाल खैरहनी–१३ हर्नरीमा मजदुरी गर्दै बस्दै आएका ३१ वर्षीय हरि कुमार चौधरीमाथि सोही स्थानमा मजदुरी गर्दै बस्ने ३३ वर्षीय लालबहादुर चौधरीले चक्कु प्रहार गरेका हुन्।

मादक पदार्थ सेवनपछि सामान्य विवाद हुँदा लालबहादुरले हरि कुमारको ढाडमा धारिलो हतियार (चक्कु) प्रहार गर्दा उनी गम्भीर घाइते भएका प्रहरीले जनाएको छ। घाइते चौधरीलाई उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाइएको छ।

घटनामा संलग्न लालबहादुर चौधरीलाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous articleखोलामा डुबेर चितवनमा एकजनाको मृत्यु
Next articleसामाजिक सञ्जालमार्फत घृणास्पद अभिव्यक्ति दिएको आरोपमा रवि चुँडाल पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।