खोलामा डुबेर चितवनमा एकजनाको मृत्यु

चितवन । चितवनको राप्ती नगरपालिका–१० दर्लामी टोलस्थित जेठार खोलामा डुबेर एक जनाको मृत्यु भएको छ।

हिजो २०८२ फागुन २७ गते बिहान अन्दाजी ८:३० बजेतिर खोलाको पानीमा घोप्टो परेको अवस्थामा राप्ती नगरपालिका–५ मङ्गलटारी बस्ने ६८ वर्षीय लालबहादुर छुमी मृत अवस्थामा फेला परेका हुन्।

घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक मुचुल्का तयार गरी शवलाई पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाएको थियो। पोस्टमार्टम पश्चात शव अन्त्येष्टिका लागि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भईरहेको छ ।

Previous articleपाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
Next articleमादक पदार्थ सेवनपछि विवाद हुँदा खैरहनीमा एकजना माथि चक्कु प्रहार
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।