विदेश बाट फर्किएको साथीले मोबाईल नदि’एपछि कु’टपि’ट गरि ह’त्या; म’ध्यरा’तमा श’व खोलामा फा’लियो
सप्तरी । वैदेशिक रोजगारीबाट दुई हप्ताअघि घर आएका सप्तरी विष्णुपुर गाउँपालिका–१ जमुनी मधेपुराका २५ बर्षीय श्रवण मुखियाको उनकै साथीले ह’त्या गरेको खु’लेको छ । २८ बर्षीय सुरेन्द्र यादवले श्रवणको ह’त्या गरेको गाउँको पञ्चा’यतीसमक्ष स्वीकार गरेका छन् । विदेशबाट घर आएका श्रवण असोज २४ गते शनिबार साथी सुरेन्द्रसँग घुम्न गएका थिए । पछि सुरेन्द्र घर फर्किएपनि उनको साथमा गएका श्रवण फर्कि’एनन् ।


(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)
Click Here
श्रवणका परिवार र स्थानीयले धेरै सो’धपुछ गर्दा पनि यादवले यसबारे बता’एनन् । यसबारे मलाई केही थाहा छैन भन्दै यादव प’न्छिरहे’ स्थानीय जिबछ दासले भने, ‘तर गाउँमा यही बिषयलाई लिएर दुई दिन पञ्चा’यती नै बसेपछि यादवले ह’त्या गरेको स्वीकार गरेका छन् ।’ स्थानीयका अनुसार यादव ला’गू’औ’ष’ध से’वन गर्ने व्यक्ति हुन् । उनले मुखियाको ह’त्या गरेको बताएपछि स्थानीयले उनलाई प्रहरीको जि’म्मा लगाएका छन् ।

प’ञ्चहरुका सामु यादवले आफू श्रवणलाई लिएर भारत गएको र उताबाट फर्केपछि बाटोमा भ’नाभ’न हुँदा कु’टपि’ट गरी ह’त्या गरेको स्वीकारेका छन् । मुखियाको मोवाइल लिने बिषयमा वि’वाद हुँदा गत शनिबार रा’ति ह’त्या गरेर डा’क्नेश्वरी नगरपालिकाका–६ औरहीस्थित खडक नदीको खो’लामा फा’लेको बया’न दिएका छन् ।
यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??
फेला प’रेन श’व

यादवले ह’त्या गरेर खड्क न’दीमा फा’लेको बताएपछि पछिल्लो तीन दिनयता उनको श’वको खोजी भइरहेको छ । शुरुमा स्थानीय आफैंले खोजेपनि फे’ला पार्न सकेनन् । त्यसपछि प्रहरीले पनि खोजी गर्यो । त्यति गर्दा पनि फेला नप’र्दा गो’ताखोरको टोली मगाएर खो’जी गरिएपनि फेला पर्न नस’केको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
‘हामी उनको ला’स अहिले पनि फेला पार्ने को’शिसमा छौं’ धमलाले भने, ‘ह’त्या गरेको बताउने यादवले भने अनुसारको ठाउँमा खोजी गर्दा पनि फे’ला पर्न सकेको छैन ।’ उनका अनुसार पछिल्लो तीन दिन’यता मुखि’याको श’वको खोजी गरिएपनि फे’ला पर्न सकेको छैन् । स्थानीयका अनुसार ख’डक नदी गहि’रो छ ।
परिवार शो’कमा

मलेसियाबाट फर्केपछि आफ्नो परिवारसँग भेट्न पनि पा’एनन् । माइतमा रहेकी श्रीमती अम्बिका देवी र ३ बर्षीया छोरीसँग भेट समेत गर्न पा’एनन् । उनी आएपछि ‘आफैं श्रीमतीलाई लिन जाने मन’साय बनाएको उनका बाबु मनोरथ मुखियाले बताए । ‘छोरा घर आएपछि नै सुरेन्द्र उनको पछि लागेका थिए’ बाबु मनोरथले भने, ‘छोराले आफ्नो साथमा राखेको ६० हजार बोकेरै सुरेन्द्रसँग गएका थिए ।’
श्रवणको ह’त्या भएको सुरे’न्द्रले बताएपछि उनको परिवारमा रु’वाबा’सी चलेको छ । घरमा चार दिनयता खाना पाके’को छैन ! जिल्लाका प्रहरी प्रमुख एसपी धमलाले श’व फेला नपरेसम्म केही भन्न नसकिने बताए ।


