पासपोर्ट रिन्यु गर्न दम्माम र जुबेलामा अस्थाई कार्यालय संचालन हुने बारे नेपाली दुताबासको सुचना

पासपोर्ट रिन्यु गर्न दम्माम र जुबेलामा अस्थाई कार्यालय संचालन हुने बारे नेपाली दुताबासको सुचना

उज्यालो नेपाल, मङ्सिर ५- काठमाडौँ | साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । मेपाली दुताबासले अस्थाई कार्यालय संचालन गर्न लागेको दम्माम शहर रियाद बाट ४१४ किमी टाढा पर्छ भने रियाद र जुबेलको दुरी करिब ५०० किमी रहेको छ!

(साउदीमा रहनुभएका साथीहरुले,साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरुलाई पहिलो प्राथमिकता दिइने समेत दूतावासले जनाइएको छ । दुताबासको सुचना यस्तो छ!

दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने सम्बन्धी सूचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

अस्थायी कार्यालय स्थापना हुने शहर कार्यालय सञ्चालन हुने मिति

१. दमाम शुक्रबार ०४ डिसेम्बर २०२०
२. जुवेल शुक्रबार ११ डिसेम्बर २०२०

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइनेछ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने व्यहोरा समेत जानकारी गराईन्छ ।  तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा तलको लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन पुनः अनुरोध गरिन्छ । नेपाली राजदूतावास, रियाद ०५ मंसीर २०७७  (२० नोभेम्बर २०२०)

अनलाईन फारम भर्न यँहा क्लिक गर्नुहोला 

 

सिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन

Previous articleपांच महिना देखि युएईमा बे’बारिसे बनेको रेवत थापाको श’व उतै गरियो अ’न्त्यष्टि
Next articleगाउँमा विकास निर्माणको काम गर्न पर्ने वडाध्यक्ष ५ सन्तानकी आमा बोकेर टा’प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।