पासपोर्ट रिन्यु गर्न दम्माम र जुबेलामा अस्थाई कार्यालय संचालन हुने बारे नेपाली दुताबासको सुचना

0
50

पासपोर्ट रिन्यु गर्न दम्माम र जुबेलामा अस्थाई कार्यालय संचालन हुने बारे नेपाली दुताबासको सुचना

उज्यालो नेपाल, मङ्सिर ५- काठमाडौँ | साउदीको रियादमा रहेको नेपाली दुताबासले रियाद बाट निकै टाढा कार्यरत नेपालीहरुलाई मध्यनजर गर्दै दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने भएको छ । मेपाली दुताबासले अस्थाई कार्यालय संचालन गर्न लागेको दम्माम शहर रियाद बाट ४१४ किमी टाढा पर्छ भने रियाद र जुबेलको दुरी करिब ५०० किमी रहेको छ!

(साउदीमा रहनुभएका साथीहरुले,साउदीको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको नेपाली दुताबासले जनाएको छ ! अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने जनाएको छ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भरेकाहरुलाई पहिलो प्राथमिकता दिइने समेत दूतावासले जनाइएको छ । दुताबासको सुचना यस्तो छ!

दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने सम्बन्धी सूचना !

राजदूतावास रहेको शहर (रियाद) भन्दा टाढा रहनुहुने सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

अस्थायी कार्यालय स्थापना हुने शहर कार्यालय सञ्चालन हुने मिति

१. दमाम शुक्रबार ०४ डिसेम्बर २०२०
२. जुवेल शुक्रबार ११ डिसेम्बर २०२०

अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइनेछ । साथै, राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फाराम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने व्यहोरा समेत जानकारी गराईन्छ ।  तसर्थ, राहदानी नविकरणको लागि अनलाइन फाराम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा तलको लिंकबाट यथाशीघ्र अनलाइन फाराम भरी पठाउनु हुन पुनः अनुरोध गरिन्छ । नेपाली राजदूतावास, रियाद ०५ मंसीर २०७७  (२० नोभेम्बर २०२०)

अनलाईन फारम भर्न यँहा क्लिक गर्नुहोला 

 

सिआइबीले बुझायो ललिता निवाससम्बन्धी अनुसन्धान प्रतिवेदन

Previous articleदिदीको गुना’सो: १४ वर्षमा त राम पनि वनबासबाट फर्किएका थिए, तिमी किन परदेशबाट आउँदैनौं भाइ ?
Next articleस्त’नलाई टा’इट र आक’र्षक बनाउने यस्ता छन् रो’चक तरिका