तत्काल उडान खुल्ने आस मर्यो; अब जुन १ तारिख मात्र खुल्ने आयो सुचना

तत्काल उडान खुल्ने आस मर्यो; अब जुन १ तारिख मात्र खुल्ने आयो सुचना

काठमाण्डाै – नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्गलवार एक सूचना निकाल्दै यसबारेमा जानकारी दिएकाे हाे । भारतसँग हप्तामा दुई उडान भने यथावत् नै रहने सूचनामा बताइएकाे छ । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सरकारले वैशाख मसान्तसम्म उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकोमा सङ्क्रमण बढ्दै गएपछि यसलाई लम्ब्याएर जेठ १७ सम्म पुर्‍याइएको हो ।

प्रतिबन्धकै अवधिमा एअरलाइन्सहरूले स्वास्थ्य सामग्री उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् । प्राधिकरणले प्रतिबन्ध लम्बिएकाेबारे वायु सेवा कम्पनीलाई जानकारी गराएकाे छ । अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् ।

आज ६ वटा अन्तर्राष्ट्रिय उडान भए, कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे काठमाण्डौ आईपुग्यो 

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज ६ वटा उडान भए । मेडिकल सामग्री लिन चीनको कुम्निङ गएको हिमालय एअरलाइन्सको जहाज बिहानै काठमाण्डौ आइपुगेको छ । यस्तै नेपाल एअरलाइन्सको जहाज बेइजिङबाट काठमाण्डौ आईपुगेको छ । हिमालय एअरलाइन्सको चाटर्ड जहाज दिउँसो पौने २ बजे दोहा गएर राति सवा ७ बजे काठमाण्डौ आईपुगेको छ ।

यस्तै नेपालमा बिरामीको उद्धार गर्न दुबईबाट एअर एम्बुलेन्स दिउँसो पौने ४ बजे काठमाण्डौ आएर भारतको लखनउ गएको छ । यस्तै कतार एअरवेजको चार्टड जहाज बेलुकी पौने ७ बजे आएर पौने ८ बजे उड्यो । यस्तै हिमालय एअरलाइन्सको जहाज आजै चीनको कुम्निङ जाँदैछ ।

पाञ्चायन डेरीमा गोदामघर शिलान्यास

Previous articleचीनले दिएकाे चार सय थान अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्स मार्फत नेपाल ल्याइयो
Next articleयुएई पछी अब कुवेतले पनि लगायो नेपाल बाट प्रवेश निषेध
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।