चितवनका सबै मेलामहोत्सव बन्द हुने; अरु के के निर्णय भए विस्तृतमा पढ्नुहोस्

चितवन, पुस २६– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा भइरहेको चितवन महोत्सव २८ गतेसम्म चल्न दिने निर्णय गरेको छ भने रत्ननगर महोत्सव गर्न रोक लगाएको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको डीसीसीएमसीको बैठकले हाल आयोजना भइरहेको चितवन महोत्सवलाई २८ गतेसम्म चल्न दिने र भोलीबाट हुने भनिएको रत्ननगर महोत्सव लगायतको मेला महोत्सव तत्कालका लागि बन्द गर्ने निर्णय गरेको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय चितवनको आजको निर्णयहरु 

* पछिल्लो समग विश्व परिवेश र छिमेकी मुलुकहरुमा तिब्र रुपमा फैलिरहेको कोभिड १९ को नयाँ भ्यरियंट सहितको संक्रमण तिब्र रुपमा फैलिरहेको र यसको जोखिम  चितवतमा समेत बढ्दै गईरहेको वर्तमान अवस्थाको चुनौती र आगामी कार्यका सम्बन्धमा विस्तृत छलफल र समिक्षा भयो ।

* केन्द्रिय कोभिड -१९ ब्यवस्थापन समितिको मिति २०७८ साल पौष २५ गतेको बैठकबाट सिफारिस भइ आएका  निर्णय कार्यान्वयनको लागि तथा चितवन जिल्लामा बढ्दै गएको कोभिड-१९ को जोखिमको प्रभावकारी रोकथाम  नियन्त्रण र उपचारलाई व्यवस्थीत गर्न  २०७८/०९/२७ गते बिहान ६:०० बजै देखि अर्को आदेश नभए देहाय अनुसार गर्नै ।

१. अनिवार्य माक्स तथा स्यानिटाइजरको प्रयोग, भौतिक दुरी कायम लगायतका स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न तथा गराउन जनचेतना अभिवृद्दि गर्दै उपचार व्यबस्थापनलाइ प्रभावकारी बनाउन साविक स्थानीय तहबाट वनाइएका र जिल्ला स्थित अस्पतालहरुका आइसोलेशनहरु तयारी अवस्थामा राख अनुरोध गर्ने ।

२. भौतिक रूपमा २५ जना भन्दा बढी उपस्थित भई हुने सबै प्रकारका सभा; प्रदर्शन, भेला, जात्रा, महोत्सब सञ्चालन गर्न रोक लगाउने । साथै संचालन भईरहेको महोत्शबको हकमा मिति २०७८/९/२९ गते पुर्ण रुपमा बन्द गर्ने गरी मिति २०७८/९/२८ गते सम्म व्यवस्थापनको लागी समय उपलब्ध गराउने । देबघाटमा लाग्ने माघे सक्रान्ति  (मकर) मेला पुर्ण रुपमा सन्चालनमा रोक लगाउने ।

३. जिल्ला स्वास्थ्य कार्यालय मार्फत नियमित खोप केन्द्रहरुमा खोपलाइ अभियानकै रुपमा थप प्रभावकारी रुपमा अगाढि वढाउने, सार्वजनिक स्थानहरुमा साविकमा चलाइएका निशुल्क एन्टीजेन टेष्ट बुथहरु स्थानिय तहहरुमार्फत पुन संचालन गर्ने ।

४. मिति २०७८/१०/०७ गते देखि सार्वजनिक स्थानहरुमा (कार्यलय, होटल, रेष्टुरेन्ट सिनेमाहल, रंगशाला) प्रवेश गर्दा र सार्वजनिक सेवा प्राप्त गर्दा, आन्तरिक उडानमा जाँदा अनिवार्य रुपमा क्रोभिड विरुद्धको भ्याक्सिन लगाएको कार्ड (मोवाइलमा भएपनि हुने ) अनिवार्य गर्ने ।

५. सबै आधारभुत तथा माध्यमिक विद्यालयहरु संचालनको हकमा नेपाल सरकार शिक्षा मन्त्रालयको  निर्णयानुसार गर्ने । विश्वविद्यालय, क्याम्पस, लगायत सबै शैक्षिक प्रतिष्ठानका पुर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षा मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाई व्यवस्था गरि संचालन गर्ने  परीक्षा केन्द्रमा मास्क र स्यानिटाईजरको प्रयोग अनिवार्य गर्ने र भौतिक दूरीको प्रावधान कडाईका साथ परिपालना गर्ने ।

६. जिल्ला स्थित सबै सरकारी कार्यालयहरुले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी संक्रमणको जोखिम र भिडभाडको अवस्थाको विश्लेषण गरी उपर्युक्त प्रणाली अवलम्वन गरी भिडभाड नहुने प्रबन्ध मिलाई सेवा प्रवाह गर्ने ।

७. उधोग कलकारखाना, ब्यापार व्यवसाय, बैंक तथा बित्तीय संस्थाहरु, जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रूपमा पालना गर्ने सुनिश्चितता गरी सञ्चालन गर्ने ।
८.  जिल्ला भित्र संचालन हुने सार्वणनिक तथा निजी सवारी साधनमा देहायका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने:-

  • सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ।
  • सबै यात्रुहरुले अनिवार्य रुपमा मास्क लगाउने |
  • मास्क नलगाउने यात्रुलाई सबारी साधनमा प्रबेश गर्न नदिने ।
  • चालक र सहचालकले अनिवार्य मास्क लगाउने ।
  • सवारी साधनको डोकामा स्यानिटाइजरको व्यबस्था गर्ने ।
  • सबारी साधन दैनिक निसंक्रमण (Disinfection) गर्ने ।

चितवनको पर्साबजारमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

Previous articleचितवनको खैरहनीमा अन्तरविद्यालय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
Next articleसाउदीको कम्पनीले मेरो भाइको शव मात्र होइन पासपोर्ट समेत पठाएन’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।