चितवनमा मोटरसाइकल दुघर्टना हुँदा एकजना प्रहरीको मृत्यु भएको छ। मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार हेमन्त कुमार श्रेष्ठ रहेका छन्।
चितवनको खैरहनी नगरपालिका–८ बाबा पेट्रोलपम्प स्थित पूर्व पश्चिम राजमार्गमा मनोहरीबाट खोलेसिमल तर्फ आउदै गरेको गरेको बा.प्र.०३–००३ प ६३७ नम्बरको मोटरसाईकल आज बिहान २ः४० बजेतिर दुर्घटना हुँदा श्रेष्ठको मृत्यु भएको हो।

दुघर्टनामा परी गम्भीर घाईतेभएका श्रेष्ठको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारका क्रममा आज बिहान ३ः १९को समयमा चिकित्सकले मृत्यु घोषणा गरेको चितवन प्रहरीले जानकारी दिएको छ।
लमजुङको राईनस नगरपालिका–६ धमेलीकुवा स्थायी घर भईहाल चितवन रत्ननगर नगरपालिका–१५ (खोलेसिमल बजार नजीकै) श्रेष्ठको परिवार बस्दै आएको थियो।
सो घटनाबारे थप अनुसन्धान भईरहेको चितवन प्रहरीले जानकारी दिएको छ।



