विमानस्थलका कर्मचारीलाई डिउटीमा रहँदा मोबाईल फाेन चलाउन राेक

काठमाडौँ, माघ १४ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यारत कर्मचारीलाई नियमित काममा खटिइरहेको समयमा मोवाइल फोन चलाउन र साथमा राख्न रोक लगाइएको छ । अध्यागमन सेवा प्रदान गर्ने क्रममा ‘डेस्क ड्युटी हावर’ को वेला ‘मोबाइल चलाउनमात्र नभइ साथमा नराख्न’ निर्देशन गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

काममा खटिनु अगाडि निजी फोन लकरमा राख्न निर्देशन दिएको छ । विभागले सूचना नै जारी गरी ‘डेस्क ड्युटी हावर’ अवधिसम्म निजी मोवाइल नचलाउन निर्देशन दिएको हो । महानिर्देशक भट्टराईले भन्नुभयो–सर्वसाधारणको सेवा गर्दा कर्मचारीले मोवाइल बोकिराख्नु पर्ने अवस्था हुदैन । आवश्यक परेमा ‘ल्याण्डलाइन र अफिसियल’ फोन प्रयोग गर्न सकिने जारी सूचनामा उल्लेख छ ।

बरिष्ठ अध्यागमन अधिकृत तथा डेस्क अफिसर (डिअ) लाई ब्यक्तिगत मोवाइल प्रयोग भएनभएको नियमन तथा नियन्त्रणको जिम्मेवारी दिएको छ । अध्यागमन विभागकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा विदेश जानेहरुको संख्या बढेको आरोप लाग्दै आएको छ । यसरी गएकाहरु अलपत्र पर्ने र दुख पाउन थालेपछि विभागले सो निर्णय गरेको बताइन्छ ।

विशेष गरी खाडी र युरोप लगायतका मुलुकहरुमा भिजिट भिसामा गएका नेपाली नागरिकले दुख पाउन थालेपछि यस समस्याको समाधान र उपायका सम्वन्धमा अध्ययन गर्न सरकारले समिति नै गठन गरेको छ ।
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलको नेतृत्वमा गठित समितिले आवश्यक अध्ययनपछि बुझाउने प्रतिवेदनका आधारमा ‘भिजिट भिसा’ मा कस्तो ब्यक्तिलाई विदेश जान दिने र नदिने निक्र्यौल हुने अपेक्षा गरिएको छ!

यदि तपाई वैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्नुहुन्छ भने विदेसमा रहेका नेपालीहरुलाई आवश्यक पर्ने जानकारी, दुताबासका सुचना, एअरलाइन्सको सुचना लगायत सबै जानकारी पाउनको लागी यो ग्रुपमा ज्वाईन् हुनुहोला ! ग्रुपमा ज्वाईंन हुन यँहा क्लिक गर्नुहोला !

आइसीसी विश्वकप लिग-२ मा जित्नैपर्ने दबाबबीच क्यानडासँग खेल्दै नेपाल

Previous articleविदेश बसेर नेपाली युवतीलाई म्यासेन्जरमा छाडा कुरा गर्ने युवा एअरपोर्ट बाटै पक्राउ
Next articleकतारमा अब खोप नलगाएका व्यक्तिले पनि सपिंग मलहरुमा प्रवेश गर्न पाउने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।