सुनको मूल्य बढ्यो

काठमाडौँ / दुई दिन स्थिर रहेको सुनको मूल्य साताको अन्तिम दिन सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३०० तोकेको छ । बुधबार र बिहीबार छापावाला सुन प्रतितोला रु ७५ हजार २०० र तेजाबी सुन प्रतितोला रु ७४ हजार ९०० मा खरिद बिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी प्रतितोला रु १० ले बढेर रु ८८५ पुगेको छ ।

The post सुनको मूल्य बढ्यो appeared first on Purbeli News.

सरकारविरुद्ध मोर्चाबन्दी तयारी

Previous articleसबैभन्दा पहिले कोरना भाइरसको जानकारी दिने डाक्टरलाई चीनले बचाउन सकेन
Next articleप्रेरणाले दाबी गरेको दाइजो : ट्रष्टकै सम्पत्ति भएको ठहर
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।