
१ फागुन, राजविराज । सप्तरीका एक युवकको भारतमा गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका वडा नम्बर १० खडगपुर अमरैयाका २२ वर्षीय डम्बर यादवको हत्या भएको हो ।
बोदेबर्साइन नगरपालिका–८ स्थित एक ग्यारेजमा काम गर्दै आएका यादव ग्यारेजकै कामका निम्ति भारतको झन्झारपुर गएका थिए । ग्यारेज मालिक सत्येन्द्र यादवले राखेको भारतीय नम्बरको स्कारपियो गाडीमा झन्झारपुर गएका उनीमाथि फर्किंदै गर्दा मंगलबार गोली प्रहार गरिएको हो ।
घटना भएको समयमा सत्येन्द्रका भाइ सुरेन्द्र र बोदेबर्साइन ८ का अनिल यादवसँगै रहेका थिए । सत्येन्द्रले नै प्रयोग गर्ने भारतीय नम्बर प्लेटको स्कारपियो लिएर गएका उनलाई घर फर्कने क्रममा पछाडिबाट मोटरसाइकलमा आएको समूहले गोली प्रहार गरेको पारिवारिक स्रोतको भनाइ छ ।
पहिलो गोली स्कारपियोको टायर र दोस्रो गोली डम्बरलाई लागेको थियो । डम्बरको शवलाई नेपाल ल्याएर बुधबार अन्तिम संस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
चुनाव हार्नेभएपछि मतदाता प्रति हिमेशको आक्रोश: कतिले त भोट चाहिए रक्सी खुवाउनुस् भने

