नेकपाको नेतृत्वमा भएका सबै आन्दोलनलाई एक ठाँउ जोड्नु पर्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डौ, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी– नेकपाका अध्यक्ष एंव पूर्वधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा भएका सबै प्रकारका आन्दोलनहरुलाई एकै ठाँउमा जोडेर हेर्नुपर्ने बताएका छन् ।

नेकपा केन्द्रीय कार्यालयले २५ औं जनयुद्ध र जनान्दोलन दिवसका अवसरमा बिहीबार धुम्बाराहीमा आयोजना गरेको श्रद्धाञ्जलीसभामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले परिवर्तनका लागि मुलुकमा भएका सबै आन्दोलन एक आपसमा सम्बन्धित रहेको बताए ।

उनले हरेक आन्दोलनमार्फत् नयाँ पाठ सिक्दै मौलिक ढंगबाट सुरु गरिएका आन्दोलनहरू सफल भएका उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध सफल हुनुको पछाडि सही विचार र नेतृत्व भएको बताए ।

अध्यक्ष प्रचण्डले मुलुकमा समाजवाद स्थापनाका लागि कम्युनिष्ट पार्टीले एक पटक फेरि मेहनत गर्नुपर्ने समय आएको पनि बताए ।

The post नेकपाको नेतृत्वमा भएका सबै आन्दोलनलाई एक ठाँउ जोड्नु पर्छ : अध्यक्ष प्रचण्ड appeared first on Koshi Online.

चार किलो गाँजा सहित ७ जना पक्राउ

Previous articleनेकपा मोरङले मनायो २५ औ जनयुद्ध स्मृति दिवस
Next articleक्रान्ति कसैको नक्कल हैन् : अध्यक्ष दाहाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।