ए डिभिजन लिगः डिफेन्डिङ च्याम्पियन मनाङ तेस्रो स्थानमै समेटियो

0
60

मनाङ मर्स्याङ्दी क्लबले तेस्रो स्थानमा रहँदै कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको अन्त्य गरेको छ। गत संस्करणको विजेता मनाङ यो सिजन तेस्रो स्थानमै सीमित बनेको हो।

शुक्रबार भएको लिग चरणको आफ्नो अन्तिम खेलमा जावलाखेल युथ क्लबलाई १–० ले पराजित गर्दै साबिक विजेता मनाङले रुस्लान थ्री स्टार क्लबलाई पछि पार्दै शीर्ष तीनमा रहँदै लिग सकेको हो।

खेलको १२औं मिनेटमा दयानन्द सिंहको प्रहार गोलरक्षक टेकेन्द्र थापाले पोजिसनबाहिर रहे पनि नियन्त्रणमा लिन सफल भए। खेलको ७५औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए।

सुशील लामाको क्रसमा निशानले हेडमार्फत गोल गरेका थिए। त्यो गोल नै खेलका लागि निर्णायक बन्यो। त्यसअघि जावलाखेलका सुजित बुढाथोकीको प्रहार बारमा लागेर फर्किएको थियो।

थ्री स्टार आजै च्यासल युथ क्लबलाई २–० ले हराएर केहि समयका लागि तेस्रो स्थानमा उक्लेको थियो। यस नतिजासँगै १३ खेलमा मनाङले ८ जित, ४ बराबर र १ हारका साथ २८ अंक जोड्यो। समान खेलमा ८ जित , २ बराबर र ३ हार व्यहोरेको थ्री स्टारले २६ अंक जोडेको थियो।

जावलाखेल पनि शीर्ष ६ मा रहँदै लिगको अन्त्य गरेको छ। जावलाखेल १९ अंकमा रहँदा नेपाल पुलिस क्लब २० अंकसहित पाँचौँ स्थानमा रह्यो। लिगको उपाधिका लागि शनिबार शीर्ष दुई क्लब त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्नेछन्।

हुलाकी राजमार्गमा दश वर्ष पुराना पुलको निर्माण नयाँ ठेक्काबाट

Previous articleकुवेत घटनाको यथार्थ जानकारी गराउन मानव अधिकार आयोगको आग्रह
Next articleप्रदेश गौरवका आयोजना छनोट गर्न मापदण्ड