रत्ननगरमा रास्वपाको प्रबोधिकरण कार्यक्रम

0
71

उज्यालों नेपाल, रत्ननगर- रत्ननगरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रबोधिकरण कार्यक्रम सम्पन्न भएको छ। रत्ननगर नगर कमिटिको आयोजनामा ‘वर्तमान परिवेश र पार्टीको कार्यदिशा’ विषयक प्रबोधिकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा पार्टीका उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्ले, चितवन क्षेत्र नं. १ का सांसद हरि ढकाल लगायतले पार्टीको भावी रणनीति र संगठन विस्तारको विषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद डा. वाग्लेले, महोत्तरीको जलेश्वरमा तीन दिनसम्म बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा भएका विचार मन्थन बारे जानकारी दिंदै रास्वपाले ‘बहुलवादी लोकतान्त्रिक’ मार्ग पारित गरेको जानकारी गराए ।

पार्टीको मूल दस्ताबेजको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमार्फत नै समावेशी समाज निर्माण गर्ने ध्येयका साथ अघि बढ्ने पनि उनले स्पष्ट पारे । ‘रास्वपा सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध, सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टीको रुपमा अगाडी बढ्ने उनले उल्लेख गरे ।

 

धर्मनिरपेक्षताको विषयमा समेत रास्वपाले आफ्नो धारणा सार्वजनिक गरेको उपसभापति वाग्लेले बताए । अन्य धर्महरुलाई सहअस्तित्वको रुपमा मान्दै सनातन हिन्दु धर्मलाई पार्टीले आत्मसाथ गरेको उनले बताए । नेपालको गौरव बोकेको सनातन हिन्दुधर्म हाम्रा लागि प्रधान हो उनले भने बहुसंख्यक मानिसको लगाव पनि यसैमा छ । पुराना पार्टीले सुसासनको कुरा गर्नु लज्जास्पद हुने भन्दै उपसभापति वाग्लेले सांसद किनबेच गर्ने, टिकट बेच्ने पार्टीले सुसासन स्थापित गर्न नसक्ने तर्क गरे ।

त्यस्तै अर्का वक्ता सांसद हरि ढकालले राजनीति प्रतिको अबैध आकर्षणले मुलुकलाई संकटमा धकलेको बताए । ठुला दलहरुप्रतिको आकर्षण मुलुकलाई बर्वादिमा धकल्ने अबैध आकर्षण हो उनले भने अब युवाहरुले परिबर्तनहरु लागि एकजुट हुन जरुरी छ । मुलकमा जनअपेक्षको पहाड र बेतिथिको हिमाल रहेको भन्दै सांसद ढकालले बेथितिको अन्त्य नगरि जनअपेक्षा पूरा गर्न सक्ने अबस्था नरहेको बताए ।

 

सो पार्टीका केन्द्रीय सदस्य ध्रुव गिरीले भष्टाचारको अन्त्य गर्दै मुलुकलाई सुसासनको गतिका अगाडि बढाउन युवाहरु गोलबद्ध हुन जरुरी रहेको बताए । ठुला दलहरुकै कारण मुलुकमा आर्थिक संकट चुलिएको भन्दै उनले यसको अन्त्यको लागि रास्वपा शक्तिमा आउन आवश्यक देखिएको उनको भनाई छ ।

पुराना दलका नेता कार्यकर्ताले कुनै नीति, योजना र सांगठानिक रणनीति नभएको पार्टी भन्दै खिसिट्युरी गरिरहेका बेला पार्टीको नीति, नेतृत्व र संगठन विस्तारको बारेमा कार्यकर्तालाई जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगर सचिव रामशरण भट्टराईले जानकारी दिए ।

पार्टीका नगर सभापति रामनाथ भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला संयोजक कृष्णप्रसाद भूषाल, क्षेत्रीय अध्यक्ष टीकादत्त इटनी, रास्वपाका नेता जगदिशचन्द्र शर्मा लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा विभिन्न राजनैतिक दल परित्याग गरि झन्डै ५० जना बढी युवाहरु पार्टीमा प्रवेश गरेका थिए ।

Previous articleराष्ट्रिय सभा निर्वाचनका लागि नयाँ मतभार कायम,कसरी निर्धारण हुन्छ मतभार
Next articleरत्ननगरमा पालिका स्तरीय मेयर कप फुटबल प्रतियोगिता सुरु, पहिलाे खेलमा रत्ननगर विजयी