रत्ननगर, मंसिर १७ । पूर्वी चितवनको रत्ननगरमा आइतबार देखि अन्तर नगरपालिका स्तरीय फुटवफ प्रतियोगिता सुरु भएको छ । रत्ननगर खेलकुद विकास समितिले आयोजना गरेको सो प्रतियोगिताको रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्यक्रमबा बीच उद्घाटन गरेका थिए ।
आइतबार भएको पहिला खेलमा आयोजक रत्ननगर नगरपालिका विजयी भएको छ । राप्ती नगरपालिकालाई शुन्यका विरद्व दुई गोल अन्तरले पराजित गर्दै रत्ननगर विजयी भएको हो ।
रत्ननगरको जीतका लागि संजय चौधरी र छिरिङ लामाले एक एक गोल गरेका थिए । प्रतियोगितामा उत्कृष्ट गोल गरेका लामा म्याद अफ दी म्याच घोषित हुँदै २ हजार ५०० रूपैया पुरस्कार हात पारेका छन् ।
रत्ननगर खेलकुद विकास समितिका संयोजक कृष्ण चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमा खैरहनीका मेयर शशी खनिया,कालिकाका मेयर विनोद रेग्मी, रत्ननगरका उपमेयर यादव पाठक, नेपाली काँग्रेसका कार्यबहाक सभापति अपिल अधिकारी, माओवादीका केन्द्रका जीवन श्रेष्ठ, रास्वपाका कृष्णप्रसाद अधिकारी, राप्रपाका नगर अध्यक्ष गोविन्द्र अधिकारी, समाजवादीमा नगर सचिव इश्वरराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।
चितवनका सात वटा पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा पहिलो हुने टिमलाइ १ लाख ५१ हजार १११ र दोस्रो हुने टिमलाई १ लाख १ हजार १११ रूयैया पुरस्कार प्रदान गरिने समितिका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत खैरहनी नगरपालिका र माडी नगरपालिका बीच हुने जनाइएको छ ।