
एफ१ रेसर लिविस हेमिलटनसँगै फुटबलर मेस्सीले यसवर्षको लरेस अवार्ड हात पारेका हुन्।
लरेस एकेडेमीका अनुसार मेस्सी र लिविस हेमिलटनलाई अवार्डका लागि बराबर मत प्राप्त भएको छ।
उनीहरुले टाइगर उड, राफेल नाडाल, मार्क मार्किज र इलिउड किपचोगेलाई यस अवार्डमा उछिनेका हुन्।
टेनिसका रोजर फेडेररले यस अवार्ड किर्तिमानी ६ पटक जितेका छन्।
Another day, another award 🐑
Lionel Messi becomes the first footballer to receive the #Laureus20 World Sportsman of the Year award 🏆pic.twitter.com/HW3IWGUMpH
— Goal (@goal) February 17, 2020
सन् १९९९ यता वार्षिक रुपमा यस अवार्ड वितरण गर्न थालिएको हो। खेलमार्फत् समाजलाई महत्वपूर्ण योगदान दिने खेलाडीलाई यस अवार्ड प्रदान गरिन्छ।
खेलको माध्यमबाट हिंसा रोक्न सकिन्छ, विभेद र समाजका विकृती रोक्न सकिन्छ भन्ने अवधारणाका साथ यस अवार्ड वितरण गर्न थालिएको हो। एजेन्सी
With 🏆🏆🏆🏆🏆🏆 World Championships and Ballon d’Ors between them, @LewisHamilton and Lionel Messi share the #Laureus20 World Sportsman of the Year award – a moment of sporting history!
Congratulations guys!#SportUnitesUs pic.twitter.com/7akYcykux2
— Laureus (@LaureusSport) February 17, 2020


