बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान

जनकपुरधाम । धनुषामा बुहारीलाई जलाउन खोज्ने सासुलाई जेल चलान गरिएको छ । महोत्तरीको बलबा नगरपालिका १ हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बुहारी सुधिरा देवी यादवलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु रामपरी देवीलार्ई जेल चलान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

गत माघ १० गते सुधिरालाई घरायसी विवादका कारण उनको श्रीमान दिपेन्द्र यादव, सासु रामपरी देवी, भिनाजु दिनेश यादव, नन्द अनिता यादव लगायतकाले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाउन खोजेका थिए । तर, स्थानीय टोलबासीहरुले अवरोध गरेपछि उनीहरु असफल भएका थिए ।

प्रहरीले जाहेरीका आधारमा सुधिराका सासु रामपरी देवीलाई पक्राउ गरी अदालतमा पेश गरेपछि जिल्ला अदालत धनुषाले करागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् ।

धनुषामा पछिल्लो समय महिला हिंसाका घटनाहरुमा लगातार वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांकले देखाएको छ ।

The post बुहारीलाई मट्टितेल खन्याएर जलाउन खोज्ने सासु जेल चलान appeared first on Rajdhani Daily News.

सार्वजनिक जग्गा कार्यकर्तालाई नबाँड्न सांसदको माग

Previous articleगौरादह उद्योग वाणिज्य संघको अध्यक्षमा जितबहादुर
Next articleअर्काको घरमा ग्रिनेड राख्ने पूर्व सैनिक पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।