सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा

काठमाडौं, ४ माघ । सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका लागि सहमति जुटाउन शनिबार पनि प्रधानमन्त्री ओली, प्रचण्ड र शेरबहादुर देउवाको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेतात्रयको बैठक बसेको हो ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न १२ चैत्र २०७५ मा गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ ।

समितिले राजनीतिक सहमति पर्खेर बसेकाले आज(सनिबार) वालुवाटरको ओली, प्रचण्ड र देउवाको छलफलले नाम सिफारिस गर्दैछ ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्दैछन् । उनीलाई कांग्रेसले अध्यक्षको लागि सिफारिस गरेको हो ।

शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन ।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटाएर नाम टुग्याउने तयारी छ।

The post सत्यनिरुपण तथा मेलमिलाप र वेपत्ता आयोगको नेतृत्व टुंग्याउन तीन नेता छलफलमा appeared first on Koshi Online.

एउटा यस्तो नाच, जसले मान्छेको आङमा ‘देउता’ चढाउँछ (भिडियो)

Previous articleगायिका राउतमाथि कारबाहीको हुने
Next articleबीसीसीआईको खेलाडी सम्झौताबाट बाहिरिएपछि धोनीका विकल्प
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।