ललितपुरमा मन्त्री ज्वालाको गाडीमाथि आगजनी

0
122

काठमाडौं । ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमाथि आगजनी भएको छ।रोजगार अनुमति प्रणाली (इपिएस) लाई लिएर आन्दोलन गरिरहेकाहरूले रिङरोडमा शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडी आगो लगाएका हुन्।

मन्त्री ज्वालालाई गाडीबाट निकालेर आगो लगाइएको थियो। आगलागीबाट बा २ झ ५८६१ नम्बरको गाडीमा क्षति पुगेको छ।मन्त्री ज्वालाले आन्दोलनकारीले आफू चढ्ने गाडीमा आगो लगाइदिएको बताए।‘आन्दोलनकारीले पहिले गाडीको हावा खुस्काए। अनि केहीबेरमा आगो लगाए। म र दुई जना पिएसओ कसोकसो उम्कियौं,’ उनले भने।

बालकुमारी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आन्दोलनकारीले सडकबाट ढुंगा प्रहार गरेका छन्। रिङ रोडको बालकुमारी क्षेत्रमा सवारी साधन सञ्चालन हुन सकेको छैन।महानगरीय प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको बताए।

Previous articleभीमोदय स्वर्णमहोत्सवको आज समापन: पुर्वप्रधानमन्त्री ओली प्रमुख अतिथि
Next articleरत्ननगर महोत्सवको तयारी तीब्र: कृषि र पर्यटनलाई प्राथमिकता