दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल

बेनी । १३औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सवको अवसरमा चौथो दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता बुधबारदेखि पर्वतको बेनीमा सुरु हुने भएको छ । रेडियो दिदिबिहिनीद्वारा आयोजित प्रतियोगिता बुधबारबाट पर्वतस्थित जलजला गाउँपालिका–३ मा सुरु हुने भएको हो ।

मंगलबार जलजला गाउँपालिकास्थित कालागण्डकीको तिरमा आयोजित पत्रकार सम्मेलनमा महोत्सवकी अध्यक्ष कल्पना चापागाईंले ७७ लाख बजेट रहेको महोत्सबको महिला भलिबलका लागि अनुमानित १५ लाख लाग्ने बताईन् । रेफ्रि संयोजक अन्तर्राष्ट्रिय एसियन रेफ्री क्यान्डिडेट टहलसिंह थापामगरले ५ टिम बीच लिगकम नकाउटका आधारमा खेल संचालन गरिने बताए । उनका अनुसार समूह ए मा साबिक बिजेता एपीएफ र आर्मी तथा समूह बी मा साबिक उपबिजेता होङग्वान्जी न्युडायमण्ड,पुलिस र आयोजकको टिम रहेको छन् ।

प्रतियोगिताको विजेताले दुई लाख, दोस्रोले एक लाख, तेस्रोले ५० हजार पुरस्कार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडी तथा विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजककी अध्यक्ष कल्पना चापागाईले बताइन् । ‘हामीले स्थानीय क्षेत्रको टोलीमा पनि समावेश गरेका छौं । स्थानीय टोलीले राष्ट्रिय स्तरका खेलाडीसँग खेल्न पाउँदा उनीहरुको प्रतिभामा पनि निखारता पाउनेछ,’चापागाईंले भनिन् ।

The post दिदिबहिनी कप राष्ट्रिय महिला भलिबल appeared first on Rajdhani Daily News.

दुई दिनदेखी हराएकी महिला मृत फेला

Previous articleआईफोन आपूर्ति प्रभावित हुने एपलको चिन्ता
Next articleमहराको ‘Forget Yesterday’ अदालतबाट सदर, अदालतले रोक्का राखेको जग्गा डिल्लीबजार मालपोतले बेच्यो ! (भिडियो)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।