त्रिशूली नदीमा खसेको जिप भेटियो, भेटिएनन् चालक र यात्रु ( भिडियो)

Click Image

भिडियो तल अन्तिममा हेर्नुहोला !! 

काठमाडौं, माघ २ । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिप फेला परेको छ। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूलीमा खसेको हो।

आज बिहान पौने पाँच बजेको समयमा जिप त्रिशूलीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। जिप सडकबाट करिब ८५ मिटर तल खसेको हो।

त्रिशूली नदीमा जिप खसेको सूचना पाएपछि विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटारको गोताखोरको टोली परिचालन गरिएको छ।

केहीबेरअघि गोताखोरको टोलीले जिप पानीभित्र भेट्टाएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। उक्त जिपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको र उनीहरुको खोजी भइरहेको उनले बताए।

भिडियो हेर्नुहोस् 

Previous articleपेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो?
Next articleचितवनमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।