रत्ननगरमा विद्यालयकाे हाेस्टेलमा छात्राले गरिन आ*त्महत्या

0
475

रत्ननगर, फागुन १२ । पूर्वी चितवनकाे रत्ननगर नगरपालिका १० मा रहेकाे एक विद्यालयकाे हाेस्टेलमा शनिबार एक छात्राले आत्महत्या गरेकी छन् । एकता शिशु निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने १४ बर्षीय सालिन पाेखरेलले आत्महत्या गरेकाे इलाका प्रहरी कार्यालय टाँडीले जनाएकाे छ । घटना विहान १०:३० बजे भएकाे हाे ।

गाेरखा घर भई रत्ननगर वडा नं १५ माधवपुर स्थित मामा घरमा बसेर अध्ययन गर्दै आएकी छात्राले हाेस्टेलकाे काेठाकाे सिलिङमा स्काउटकाे डाेरीमा झुण्डिएर आत्महत्या गरेकी हुन । २ बर्ष अघि स्कुलमा भर्ना भएकी उनी हाेस्टेलमा बसेर शिक्षा आर्जन गर्दै आएकी थिइन् । बुवा आमाकाे सम्बन्धविच्छेद भएपछि शालिन मामा घरमा बसेर पढ्न थालेकाे बुझिएकाे छ ।

हाल आमा वैदेशिक राेजगारीकाे लागि दुवई र बुवा काठमाडाैंमा रहेका छन् । घटनाकाे कारण खुल्न सकेकाे छैन् । प्रहरीले घटनाकाे अनुसन्धान सुरु गरेकाे जनाएकाे छ । विद्यालयका शिक्षकहरुका अनुसार सालिन पाेखरेल अनुशासित र लगनशिल विद्यार्थी हुन ।

Previous articleचितवनको खैरहनीमा एक युवकको शव फेला , हत्याको आशंका
Next articleअनेमसंघ रत्ननगरको सातौं नगर अधिवेशन