रत्ननगर १५ मा अनेमसंघकाे कार्यकर्ता प्रशिक्षण

Click Image

रत्ननगर । जनता संग नेकपा एमाले अभियान-२०८० अन्तर्गत अखिल नेपाल महिला संघ रत्ननगर-१५ वडा कमिटीले वनभोज तथा प्रशिक्षण कार्यक्रम गरेकाे छ ।

पार्टीका नेता तथा रत्ननगर नगरपालिकाका उपमेयर यादब प्रसाद पाठक प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा एमालेकाे आगामी कार्यदिशा, पार्टी सुदृढिकरण र संगठन विस्तारका विषयमा प्रशिक्षण दिइएकाे थियाे ।

अनेमसंघ वडा कमिटी अध्यक्ष मिनु श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेश कमिटी सदस्य राजाराम रेग्मी, जिल्ला सचिव प्रकाश खनाल शैलेश, नगर अध्यक्ष इश्वरी अर्याल, पार्टीका नेता तथा वडा अध्यक्ष आसिक तामाङ, पार्टी वडा कमिटी अध्यक्ष कृष्ण पन्त, अनेमसंघ नगर कमिटी अध्यक्ष चन्द्रिका महत केसी लगायतको सहभागिता रहेकाे थियाे ।

मिना भट्टले स्वागत मन्तब्य राखेकाे
कार्यक्रम कान्ता रेग्मी सञ्चालन गरेकी थिइन ।

Previous articleएक्सपर्ट एजुकेशन कन्क्लेभमा सहभागिता हुँदा डिआरएससंग भेट्न पाइने
Next articleचितवनमा बस र ट्रक ठोक्किँदा एकजनाको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।